जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं
साप्ताहिक गतिविधि
अवधिः वि.सं. २०८०।१२।२५ देखि २०८१।०१।०१ गते सम्म (ई.सं. २०२४, १५ औं हप्ता) ।
साप्ताहिक अंक: १५/२०२४
१. संस्थागत क्षमता सुदृढिकरण तथा समिक्षा
२. व्यवस्थापन कार्यशाला सम्पन्न ।
३. समन्वय बैठक सम्पन्न ।
४. एम्बुलेन्स प्राप्त गर्न समझदारीपत्रमा हस्ताक्षर सम्पन्न ।
५. सभाहल निर्माणका लागी संझौता सम्पन्न ।
६. नियमित साप्ताहिक बैठक
क्र.सं. | कामको विवरण | समयतालिका र जिम्मेवारी | प्रगति विवरण |
१ | श्रम परिक्षणः श्रम ऐनमा तोकिए वमोजिम श्रम परिक्षण सम्पन्न गरी प्रतिवेदन बुझाउने । | अच्युत सापकोटा २०८०१२०१ |
जारी । |
२ | श्रम अदालतको फैसलाः अध्यक्षज्यू संग आवश्यक मार्गनिर्देशन लिइ श्रम अदालतको फैसला कार्यान्वयन तथा जारी मुद्दा अन्तिम टुङ्गोमा पुर्याउने । | अच्युत सापकोटा | जारी । |
३ |
जनशक्ति व्यवस्थापनः जनशक्तिको तथ्याङ् अनिवार्यरूपमा तोकिएको सफ्टवेयरमा राख्ने व्यवस्था गर्ने । कर्मचारीको पारिश्रमिक लगायतको वितरण तोकिएको सफ्टवेयरबाट तयार गरी वितरणको व्यवस्था गर्ने | अच्युत सापकोटा २०८१०१०१ |
जारी । |
४ | योजना र कार्यक्रमः आ.व. २०८१/०८२ का लागी योजना र कार्यक्रम तयार गर्न आवश्यक ढाँचा निर्धारण गरी पठाउने र चैत्र मसान्त भित्र एकिकृत विवरण पेश गर्ने | रश्मी पुतुवार २०८०१२३० |
जारी । |
५ | व्यवस्थापन कार्यशालाः व्यवस्थापन कार्यशालाका लागी चैत्र तेश्रो हप्ता प्रस्ताव गर्ने र कार्यशालामा प्रस्तुत गर्ने नीति, योजना, कार्यक्रम र वजेटको ढाँचा तयार गरी अध्यावधिक गर्ने | रश्मी पुतुवार २०८०१२१२ |
सम्पन्न । |
६ | नीति, नियम, निर्देशिकाः नीति, नियम, निर्देशिका एवं कार्यविधि संशोधनका लागी तीन महलेको ढाँचामा प्रस्ताव पठाउन सम्वन्धित सबैलाइ जानकारी गराउने । आम्दा नेपालले स्विकृत गरि सकेका नीति, नियम निर्देशिकाहरूलाइ क्रमवद्धरूपमा आम्दा नेपालको वेभसाइडबाट लगइन गरेर डाउनलोड गर्न मिल्ने गरी राख्ने व्यवस्था गर्ने । | अच्युत सापकोटा २०८०१२१२ |
|
७ | Rigo Software: आपूर्तिकर्ताले रिगो सफ्टवेयर (Accounting & Inventory) निरन्तर संचलान गर्न नसक्ने जानकारी भएकामा थप व्यवस्थापनका लागि कार्ययोजना सहित अव उपरान्त अगाडिको व्यवस्थापन गर्नेगरि प्रतिवेदन पेश गर्ने । | रश्मी पुतुवार/राम बाबु देव २०८०१२१६ |
|
८ | कार्यशाला गोष्ठीः आम्दा नेपालको कार्यशाला गोष्ठी मिति २०८०।१२।२२देखि २४ सम्म, चितवनमा गर्न आवश्यक व्यवस्था मिलाउन पत्राचार गर्ने । | अच्युत सापकोटा २०८०१२१६ |
सम्पन्न |
९ | क्यालेण्डर छपाइः क्यालेण्डर छपाइका लागि आवश्यक व्यवस्थापन गर्ने | राम बाबु देव २०८०१२१६ |
सम्पन्न |
१० | औषधी उपचार व्यवस्थाः औषधी उपचार सुविधा बापत कर्मचारीले सामाजिक सुरक्षा कोष एवं आम्दा नेपालबाट पाउने शत प्रतिशत सुविधाका लागि आम्दाको सफ्टवेयरमा आवश्यक व्यवस्था गर्ने । | रश्मी पुतुवार/ अच्युत सापकोटा/ राम बाबु देव २०८०१२१६ |
|
११ | क्यान्सर परियोजनाः क्यान्सर परियोजना तत्काल सुचारू गर्न गोकर्णेश्वर नगरिपालिकासंग बजेट र कार्यक्रममा छलफल गरि संशोधन सहित संझैता गर्ने । | सिर्जना श्रेष्ठ २०८०।१२।१४ |
सम्पन्न |
१२ | सफ्टवेयरमा पहुँचः के.का. का आन्तरिक लेखा परिक्षकलाइ आम्दा नेपाल अन्तर्गत संचालित सफ्टवेयरमा हेर्न सक्ने गरि पहुँच हुने व्यवस्था मिलाउने । | राम बाबु देव २०८०१२१६ |
सम्पन्न |
१३ | सुचना, प्रकाशन र संग्रहः आम्दा नेपाल मातहतका कार्यालयहरूले प्रकाशन गरेका सुचना, प्रकाशन एवं विभिन्न सञ्चारमाध्यमहरूमा आम्दा नेपाल सम्वन्धि जुनसुकै प्रकारको आलेख प्रकाशन भएकोमा संग्रह गरी व्यवस्थित भण्डारण गर्ने । | अच्युत सापकोटा २०८१०११५ |
|
१४ | योजना र कार्यक्रमः आम्दा नेपालले निर्धारण गरेको योजना तथा कार्यक्रमको कार्यान्वयन स्थिति संकलन गरी चालु आर्थिक वर्ष भित्र सम्पन्न गर्न आवश्यक व्यवस्था गर्ने । | रश्मी पुतुवार २०८१०११५ |
ख. वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू
क्र.सं. | कामको विवरण | जिम्मेवारी र समयतालिका |
१ | त्रैमासिक समिक्षा | सुदेश रेग्मी २०८१०११० |
२ | कर्मचारी तालिम |
ग. बैठकको निर्णय ।
क्र.सं. | निर्णय सारांश | जिम्मेवारी र समयतालिका |
१ | साधारण सभाको तयारीः आम्दा नेपालको ६४ औं साधारण सभामा प्रस्तुत गर्नका लागी व्यवस्थापन कार्यशालाको प्रतिवेदन सहित आ.व. २०८१/०८२ का लागी वार्षिक नीति, योजना, कार्यक्रम र बजेटको मस्यौदा तयार गरी कोषाध्यक्ष मार्फत कार्यकारिणी समिति समक्ष पेश गर्ने । | रश्मी पुतुवार |
२ | प्रशिक्षार्थी (विद्यार्थी) परिचालन गर्नेः केन्द्रीय कार्यालयको सुचना र तथ्याङ्कमा सिमित पहुँच रहने गरी एक जना प्रशिक्षार्थी विद्यार्थीलाइ वि.सं. २०८१।०१।०४ गते बाट अवसर प्रदान गर्ने । | अच्युत सापकोटा |
३ | बोलपत्र प्रकाशन गर्नेः आ.व. २०८१/०८२ का लागी स्विकृत योजना मुताविक खरिद हुन वाँकी काम तथा सेवाहरू अध्ययन गरी नियमानुसार प्रकृया प्रारम्भ गर्ने । | अच्युत सापकोटा |
४ | कामदार परिचालनः केन्द्रीय कार्यालयमा रिक्त कार्यालय सहयोगी पदमा नियमित पदपूर्तिको माध्यमबाट छनौट गरिएका सफल तथा बैकल्पिक उमेद्बारहरू काम गर्न नआएकोले अर्को व्यवस्था नहुन्जेल सम्म आवश्यकता अनुसार दैनिक ज्यालादारीमा कामदार परिचालन गर्ने । | अच्युत सापकोटा
|