Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2025-04-07
Expiry Date: 2025-04-12

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाडौं 
साप्ताहिक गतिविधि
 
प्रकाशन मितिः २०८१।१२।२५ गते, सोमबार
अवधिः वि.सं २०८१।१२।१७ देखि वि.सं.२०८१।१२।२३ गते सम्म (ई.सं २०२५ १४ औं हप्ता)
साप्ताहिक अंक: १४।२०२५


१. क्यान्सर परिक्षण शिविर सम्पन्न ।
गोकर्णेश्वर नगरपालिकाको सहयोगमा आम्दा नेपालले सञ्चालन गर्दै आएको स्तन तथा पाठेघर मुखको क्यान्सर परिक्षण शिविर वि.सं. २०८१।१२।२३ गते आम्दा गोकर्णेश्वर आरोग्य क्लिनिक, जोरपाटिमा सम्पन्न भएको छ । उक्त शिविरमा ४० जना महिलाहरूले परिक्षण गराएकामा ३ जनामा VIA positive  देखिएको थियो ।

२. राजिनामा स्विकृत  ।
सि.बा.म अस्पतालमा कार्यरत डा. सुमन वानियाँको राजिनामा वि.सं. २०८१।१२।२७ गते देखि लागु हुने गरी स्विकृत गरिएको छ ।

३. नियमित साप्ताहिक बैठक ।
वि.सं. २०८१।१२।२५ गते सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।
क. बार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू
क्र. सं. कामको विवरण
ढाँचा नमूनाः
  • विभिन्न नियमावली र कार्यविधिहरूको अनुसुचिमा रहेका ढाँचाहरू पहिचान गरी अलगै संग्रहको रूपमा प्रकाशन गर्न आवश्यक व्यवस्था गर्ने ।
  • कार्यालय प्रयोजनको लागी प्रयोग हुने समझदारी पत्रको नमूना अध्यावधिक गर्ने र संवन्धित कर्मचारीलाइ जानकारी गराउने
  • छपार्इ नमूना निर्धारण तथा प्रयोग कार्यविधि अध्यावधिक गर्ने
  • प्रचलनमा रहेका छपार्इ नमुना संकलन गरी अध्यावधिक गर्ने
  • नयाँ ढाँचा एवं नमुना प्रयोगमा ल्याउन आवश्यक व्यवस्था मिलाउने
  • नयाँ ढाँचा र नमुनालार्इ आवश्यकता अनुसार वेभसार्इडमा राख्ने व्यवस्था मिलाउने
 
 
  
धन्यवाद ।

 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.