Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2024-04-08
Expiry Date: 2024-04-12

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं 
साप्ताहिक गतिविधि
 

प्रकाशन मितिः २०८०।१२।२६ गते, मंगलबार
अवधिः वि.सं. २०८०।१२।१८ देखि वि.सं. २०८०।१२।२४ गते सम्म (ई.सं. २०२४, १४ औं हप्ता) ।
साप्ताहिक अंक: १४/२०२४


१. क्यान्सर परिक्षण शिविर सञ्चालन ।
गोकर्णेश्वर नगरपालिकासँगको सहकार्यमा आम्दा नेपालले सञ्चालन गर्दै आएको स्तन तथा पाठेघर मुखको क्यान्सर परिक्षण निम्न तालिका वमोजिम हुने गरी कार्यक्रम तय गर्न नगरपालिकामा प्रस्ताव पेश गरिएको छ ।
वि.सं. २०८०।१२।२१ गते, विपुल स्कुल, गोकर्णेश्वर ।
वि.सं. २०८०।१२।२४ गते, सर्वेश्वर शहरी स्वास्थ्य केन्द्र, जोरपाटी

२. बोलपत्रदाता छनौट ।
आम्दा नेपालले वि.सं. २०८०।११।१० गते प्रकाशन गरेको सुचना वमोजिम सभाहल निर्माणको वाँकी काम पुरा गर्न जम्मा रू. ३०,३१,५६३।५५ लागत प्रस्ताव गर्ने बोलपत्रदाताको प्रस्ताव छनौट गरी वि.सं . २०८०।१२।२२ गते सुचना नं. ९८६० प्रकाशन गरिएको छ ।

३. वित्तिय विवरण पेश ।
आम्दा नेपालले सञ्चालन गर्दै आएको इपिक परियोजनाको मार्च महिनाको वित्तिय प्रतिवेदन FHI360 समक्ष अप्रिल ५ तारेखमा पेश गरिएको छ ।

४. क्यान्सर परियोजनाको अनुगमन मूल्याङ्कन ।
आम्दा नेपालले सञ्चालन गर्दै आएको क्यान्सर परियोजनाको अनुगमन मूल्याङ्कनका लागी समाज कल्याण परिषद्मा वि.सं. २०८०।१२।१९ गते प्रारम्भिक बैठक सम्पन्न भएको छ।

५. नियमित साप्ताहिक बैठक
वि. सं. २०८०।१२।२६ गते सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।

क. वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू
क्र.सं. कामको विवरण जिम्मेवारी र समयतालिका
अनुगमन मूल्याङ्कनः
-अनुगमन मूल्याङ्कन नीति तथा कार्यविधि अध्यावधिक गर्ने, इकाइगत काम तथा जिम्मेवारीको कार्यसम्पादन सुचक तयार गर्ने - र्इकाइ प्रमुख, परियोजनागत काम तथा जिम्मेवारीको कार्यसम्पादन सुचक तयार गर्ने, समन्वय अधिकारी (Desk Officer), वार्षिक कार्ययोजना तयारी र रूजू गर्ने,  अनुगमन मूल्याङ्कन योजना प्रणालीमा प्रविष्ठ गर्ने ।
प्रशासन
२०८१०११५
विमाः
विमा नीति संशोधनका लागी आवश्यक छलफल गर्ने, विमा कार्यविधि अध्यावधिक गर्ने, विमालेखको विवरण तयार गरी अध्यावधिक गर्ने, पछिल्लो अवधिमा भएको बिमा दाबी र फस्र्यौट अवस्था रूजु गर्ने र विवरण तयार गर्ने
प्रशासन
२०८१०७२०

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.