Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2024-03-31
Expiry Date: 2024-04-06

आम्दा नेपाल
सिद्धार्थ बाल तथा महिला अस्पताल
बुटवल-७, दीपनगर, रूपन्देही
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८०।१२।२७  गते, मंगलवार
अवधिः वि.सं. २०८०।१२।१८ देखि २०८०।१२।२४ गतेसम्म (ई.सं. २०२४, १४औं हप्ता) ।
साप्ताहिक अंक: १/२०२४
 
१. सेवा सुदृढिकरणका लागि बैठक     
मेडिकल सुपरिंटेन्डेन्ट डा. बिनोद कुमार पराजुलीज्यूको अध्यक्षतामा मिति २०८०/१२/२१ गतेका दिन सिद्धार्थ बाल तथा महिला अस्पतालको सेवा सुदृढिकरणका लागि बैठक बस्यो । अस्पतालका सेवालाई प्रभावकारी बनाउनका लागि सबै वार्डबाट संकलित ५३  वटा सुझावहरूलाई बुंदावार छलफल गरिएको थियो । सबै विभाग इन्चार्जको उपस्थितिमा सम्पन्न बैठकले आपसी असमझदारी र अलमल निराकरण भई सेवा थप प्रभावकारी हुने अपेक्षा राखिएको छ ।
 
 
२. विभागीय प्रमुखहरूको साप्ताहिक बैठक
प्रत्येक आइतवार दिउँसो २:३० बजे बस्ने विभागीय प्रमुखहरूको साप्ताहिक बैठक मिति २०८०/१२/२० गतेका दिन बस्यो । बैठकमा सबै विभागीय प्रमुखहरूले सप्ताहभर आ-आफ्नो विभागमा भए गरेका गतिविधि र प्रस्तुतीकरण गर्नुका साथै देखिएका समस्याहरू समेत साझा गर्नुभयो  र सामूहिक रूपमा समाधानका विकल्पहरूका सम्बन्धमा छलफल भयो ।
 
धन्यवाद !

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.