Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2025-03-24
Expiry Date: 2025-03-29

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाडौं 
साप्ताहिक गतिविधि

 

प्रकाशन मितिः २०८१।१२।११ गते, सोमबार
अवधिः वि.सं २०८१।१२।०३ देखि वि.सं.२०८१।१२।०९ गते सम्म (ई.सं २०२५ १२ औं हप्ता)
साप्ताहिक अंक: १२।२०२५


१. पदपूर्तिका लागी विज्ञापन प्रकाशन ।

आम्दा नेपालको केन्द्रिय कार्यालयमा रिक्त वित्त नियन्त्रक पद समेतको पदपूर्तिका लागी वि.सं. २०८१।१२।०६ गते विज्ञापन प्रकाशन गरिएको छ ।

२. 
बैठक प्रवन्ध तथा सञ्चालन कार्यविधि ।  
वि.सं. २०८१।१२।०१ गते सम्पन कार्यकारिणी समिति बैठकको निर्णयानुसार संशोधित तथा प्रमाणित बैठक प्रवन्ध तथा सञ्चालन कार्यविधि आम्दा नेपालको वेभसाइडमा समेत अध्यावधिक गरिएको छ । 

३. वार्षिक नीति, योजना कार्यक्रम र वजेट ।
आ. व. २०८२/०८३ का लागी वार्षिक नीति, योजना, कार्यक्रम र वजेट प्रस्ताव गरी पठाउन वि.सं. २०८१।१२।०५ गते परिपत्र गरिएको छ ।   

४. कार्यक्रम संशोधन प्रस्ताव ।
गोकर्णेश्वर नगरपालिकाको सहयोगमा आम्दा नेपालले सञ्चालन गर्दै आएको क्यान्सर परिक्षण शिविर सञ्चालन कार्यक्रम संशोधनका लागी वि.सं. २०८१।१२।०५ गते नगरपालिकामा संशोधन प्रस्ताव पेश गरिएको छ ।

५. विपद् व्यवस्थापन तथा राहत कार्यक्रमको स्मरण
वि.सं. २०७१।०१।१२ गते गोरखा जिल्लाको वारपाक क्षेत्रलाइ केन्द्रविन्दु बनाएर गएको महाभुकम्प पछि आम्दा नेपालले मानवीय सहायता कार्यक्रम अन्तरगत गरेका कामहरूको समिक्षा र गोरखा एवं काभ्रे जिल्लामा विपद् व्यवस्थपान सम्वन्धि पूर्वतयारी तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न मातहतका कार्यालयसँग अवधारणा पत्र माग गरिएको छ ।

६. श्रम परिक्षण
श्रम परिक्षण अभ्यासलाइ कर्मचारी मैत्री बनाउने उद्देश्यले आम्दा नेपाल मातहतका विभिन्न कार्यालयको प्रशासन शाखामा कार्यरत कर्मचारीलाइ अनलाइन प्रशिक्षण सहित अनलाइन अभ्यासको व्यवस्था मिलाइएको छ ।

७. बैंक जमानत जफत 
आम्दा नेपाल मातहत सञ्चालित सिबाम अस्पतालको प्रयोजनको लागी USG मशिन आपूर्ति गर्नका लागी संझौता गरेको आपूर्तिकर्ताले बोलपत्रमा उल्लेखित शर्त वमोजिमको सामान आपूर्ति गर्न असमर्थ भएको हुनाले बैंक जमानत जफत सहित संझौता रद्द गरिएको छ ।
८. नियमित साप्ताहिक बैठक ।
वि.सं. २०८१।१२।११ गते सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।
 क. बार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू
क्र.सं. कामको विवरण
सुरक्षा
  • सुरक्षा प्रवन्धको समिक्षा र पुनरावलोकन गर्ने ।
भौतिक परिक्षण तथा खुदगन्ति
  • भाैतिक परिक्षण तथा खुदगन्ति कार्यविधि अध्यावधिक गर्ने
  • भाैतिक परिक्षण तथा खुदगन्ति टोली गठन
  • मरमत कार्ययोजना तयारी
  • काम नलाग्ने सरसामानहरूको व्यवस्थापन
  • अघिल्लो वर्ष र यस वर्षको सरसामानहरूको सुची रूजु
  • नयाँ खरिद भएका सरसामानहरूको लगत कायम
  • प्रकाशन एवं सार्वजनिक गर्ने
  • दाताहरूलार्इ धन्यवाद पत्र प्रदान गर्ने
 
 
 
         
 धन्यवाद ।

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.