Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2024-03-27
Expiry Date: 2024-03-30

आम्दा नेपाल
सिद्धार्थ बाल तथा महिला अस्पताल
बुटवल-७, दीपनगर, रूपन्देही
साप्ताहिक गतिविधि

 
प्रकाशन मितिः २०८०।१२।१३ गते, मंगलवार
अवधिः वि.सं. २०८०।१२।०४ देखि २०८०।१२।१० गतेसम्म (ई.सं. २०२४, १२औं हप्ता) ।
साप्ताहिक अंक: १२/२०२४
 
१. स्थानीय व्यवस्थापन समितिको बैठक     
२०८०/१२/०४ गतेका दिन सिद्धार्थ बाल तथा महिला अस्पताल, स्थानीय व्यवस्थापन समितिको बैठक स्थानीय व्यवस्थापन समिति अध्यक्ष एवं बुटवल उप-महानगरपालिका प्रमुख श्री खेलराज पाण्डेज्यूको अध्यक्षतामा बस्यो । बैठकमा निम्नलिखित प्रस्ताव उपर छलफल भई आवश्यक निर्णय समेत गरियो ।
२. आन्तरिक व्यवस्थापन समितिको बैठक     
२०८०/१२/०६ गतेका दिन सिद्धार्थ बाल तथा महिला अस्पताल, आन्तरिक व्यवस्थापन समितिको बैठक आन्तरिक व्यवस्थापन समिति अध्यक्ष एवं मेडिकल सुपरिंटेन्डेन्ट डा. बिनोद कुमार पराजुलीज्यूको अध्यक्षतामा सम्पन्न भयो । बैठकमा निम्नलिखित प्रस्ताव उपर छलफल भई आवश्यक निर्णय समेत गरियो ।
 
३. विभागीय प्रमुखहरूको साप्ताहिक बैठक
मिति २०८० चैत्र ८ गतेका दिन बुटवल उप-महानगरपालिका, वडा नम्बर ७ का वडा अध्यक्ष श्री पदम राज गाहाज्यूद्वारा सिद्धार्थ बाल तथा महिला अस्पतालका नवनियुक्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. बिनोद कुमार पराजुलीको स्वागत सम्पन्न भयो । वडा पदाधिकारी एवं अस्पतालका कर्मचारीको उपस्थितिमा सम्पन्न भएको स्वागत कार्यक्रम एवं व्यक्त गरिएका विचारले अस्पताल एवं वडा कार्यालय बीचको सम्बन्ध अझ प्रगाढ भएको र आगामी दिनमा सहयोगको आदान-प्रदान व्यापक रूपले हुने अपेक्षा लिइएको छ ।
 
४. विभागीय प्रमुखहरूको साप्ताहिक बैठक
प्रत्येक आइतवार दिउँसो २:३० बजे बस्ने विभागीय प्रमुखहरूको साप्ताहिक बैठक मिति २०८०/१२/४ गतेका दिन बस्यो । बैठकमा सबै विभागीय प्रमुखहरूले सप्ताहभर आ-आफ्नो विभागमा भए गरेका गतिविधि र प्रस्तुतीकरण गर्नुका साथै देखिएका समस्याहरू समेत साझा गर्नुभयो  र सामूहिक रूपमा समाधानका विकल्पहरूका सम्बन्धमा छलफल भयो । त्यसैगरी, आगामी साप्ताहिक बैठक सोमवारका दिन बस्ने समेत निर्णय भयो ।
 
धन्यवाद !

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.