Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2025-03-17
Expiry Date: 2025-03-22

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाडौं 
साप्ताहिक गतिविधि
 

प्रकाशन मितिः २०८१।१२।०४ गते, सोमबार
अवधिः वि.सं २०८१।११।२५ देखि वि.सं.२०८१।१२।०२ गते सम्म (ई.सं २०२५ ११ औं हप्ता)
साप्ताहिक अंक: ११।२०२५


१. कार्यकारिणी समितिको बैठक सम्पन्न
आम्दा नेपालका अध्यक्ष डा. सुनु दुलालको अध्यक्षतामा कार्यकारिणी समितिको १९ औं बैठक वि.सं. २०८१।१२।०१ गते, शुक्रबारका दिन निम्न विषयमा निर्णय सहित सम्पन्न भएको छ ।
२. प्राचार्य पदको जिम्मेवारी ।
आम्दा अस्पताल अन्तरगत आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बरिष्ठ अधिकृत (नर्सिङ् प्रशिक्षण) पदमा कार्यरत श्री सजना बैद्यलाइ वि.सं. २०८१।१२।०१ गते देखी अर्को व्यवस्था नहुन्जेल सम्मका वि.सं. २०८१।१२।०१ गते सम्पन्न कार्यकारिणी समिति बैठकको निर्णयानुसार प्राचार्य पदको जिम्मेवारी तोकिएको छ । 

३. आव २०७७/०७८ को पूर्ण कर परिक्षण
आन्तरिक राजस्व कार्यालयले तोके वमोजिम आव २०७७/०७८ को पूर्ण कर परिक्षणका लागी वि.सं. २०८१।०७।२६ गते फाँटवारी तथा कागजात पेश (दर्ता नं. ३८८५) गरिएको छ । 

४. परियोजनाको मासिक वित्तिय प्रतिवेदन
आम्दा नेपालले सञ्चालन गर्दै आएको USAID Sustainable HIV Epidemic Control परियोजनाको इ.सं. २०२५ जनवरी महिनाको मासिक वित्तिय प्रतिवेदन तयार पारिएको छ ।

५. नियमित साप्ताहिक बैठक ।
वि.सं. २०८१।१२।०४ गते सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।
 
क. बार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू
क्र.सं. कामको विवरण
श्रम परिक्षण
  • कार्यालयस्तरको आन्तरिक श्रम परिक्षणकाको व्यवस्था गर्ने
  • अघिल्लो अवधिमा सम्पन्न श्रम परिक्षणमा उठेका सवालहरूको कार्यान्वयन अवस्था रूजु गर्ने
  • श्रम परिक्षक नियुक्ति र काम थालनीको व्यवस्था मिलाउने
  • श्रम परिक्षणमा उठेका सवालहरूको कार्यान्वयन स्थितिको मुल्याङ्कन तथा अनुगमनका लागी चेकलिष्ट तयार गर्ने
  • असल श्रम अभ्यासका लागी आवश्यक नीति अध्ययन गरी सिफारिश तयार गर्ने
  • श्रम परिक्षण सम्पन्न श्रम परिक्षण प्रतिवेदन संवन्धित निकायमा पेश गर्ने
सरकारी कर
  • प्रचलित कानून वमोजिम अग्रिम कर कट्टी र दाखिलाको विवरण अध्यावधिक गर्ने
  • करयोग्य कारोवार भएकोमा पुन परिक्षण गरी कर गणना, कट्टी र दाखिला दुरूस्त भएको सुनिचिश्त गर्ने
  • कर गणना, कर कट्टी र दाखिला नियमानुसार नभएको/नगरेको पाइएमा संवन्धित कर्मचारीलाइ सचेत गराउने
भण्डारण सुरक्षा र संरक्षण
  • कागजात संरक्षण तथा सुरक्षित भण्डारण कार्यविधि अध्यावधिक गर्ने
  • सिन, पिन र जिनको विवरण संकलन गरी अध्यावधिक गर्ने
  • भण्डारण सुरक्षा तालिम सञ्चालन गर्ने
  • संरक्षित कागजातको विवरण अध्यावधिक गर्ने
  • संरक्षित कागजातको एक प्रती संवन्धित कार्यालयलार्इ उपलब्ध गराउने एक प्रति आफुसँग राख्ने
  • काम नलाग्ने पुराना कागजपत्र नष्ट गर्न समिति गठन गर्ने
 
 
धन्यवाद ।



 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.