Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2025-03-10
Expiry Date: 2025-03-15

आम्दा नेपाल
सिद्धार्थ बाल तथा महिला अस्पताल
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान,बुटवल
साप्ताहिक गतिविधि
 
प्रकाशन मितिः २०८१।११।२६ गते, सोमवार
अवधिः वि.सं. २०८१।११।१९देखि २०८१।११।२५ गते सम्म (ई.सं. २०२५, १० हप्ता)
साप्ताहिक अंक ०९ /२०२५

१. नियमित कक्षा संचालन  :
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान बुटवलमा नर्सिंग पहिलो तथा दोस्रो बर्ष, सामन्य चिकित्सा पहिलो तथा दोस्रो बर्ष र डिप्लोमा इन फार्मेसीका कक्षाहरु नियमित रुपमा संचालन हुँदै आएका छन |

२. शैक्षिक अध्ययन अवलोकन भमण :
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान बुटवलमा अध्ययनरत डिप्लोमा इन फार्मेसी दोस्रो बर्षका विधार्थीहरुको पाठ्यक्रममा आधारित ५ दिने शैक्षिक अध्ययन अवलोकन भमण मिति २०८१/११/१८ गते देखि २०८१/११/२३ गते सम्म पुर्व नेपालको हेटौडा, जनकपुर,दमक, इलाम, पशुपतिनगर आदि स्थानमा सपन्न भएको छ | उक्त भ्रमणमा फार्मेसी अशिकृत प्रशिक्षक मनिष चौधरी र प्रसशाकीय अधिकृत ज्ञानेन्द्र शर्मा समावेस रहनु भएको थियो | भमणका क्रममा विधार्थीहरुलाई आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान दमक गराईएको थियो |

३. आम्दा दिवस सम्बन्धमा   :
सिद्धार्थ बाल तथा महिला अस्पताल अन्तर्गत आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान बुटवलले आम्दा नेपालको ३४ औं स्थापना दिवस जनस्वास्थ्य सम्बन्धि  कार्यक्रम गरेर मनाइयो |
यस अवसरमा आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानले नेपाल सरकारले फागुन महिनामा संचालन गरेको नसर्ने रोग पहिचान गर्ने अभियानलाई साथ दिदै नसर्ने रोगको स्क्रिनिङ र त्यस सम्बन्धी जनचेतना फैलाउने कार्यक्रम गरेको हो। कार्यक्रममा हेल्थ असिस्टेन्ट, नर्सिङ र फार्मेसी संकायक विद्यार्थीहरुले आफैले स्वास्थ्य शिक्षा सामग्री तयारी गरि स्वास्थ्य शिक्षा प्रदान गरेको थिए |
सो कार्यक्रम भरी रक्तचाप मापन, बिएमआइ मापन, सुगरको मात्र जाँच र पिसाबमा प्रोटिन जाँच जस्ता जांचहरु नि:शुल्क रुपमा गरिएको थियो। कार्यक्रम अवधि भरमा १४६ भन्दा बढीले आफ्नो स्वास्थ्य जाँच गराएका छन्।
कार्यक्रममा सिद्धार्थ बाल तथा महिला अस्पतालका मेडिकल सुपारीटेन्डेन्ट डा विनोद पराजुलीले शुभकामना दिँदै कार्यक्रमको औपचारिक उद्घाटन गर्नु भएको थियो । साथै कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख एवं सिद्धार्थ बाल तथा महिला अस्पताल स्थानीय व्यवस्थापन समिति अध्यक्ष खेलराज पाण्डेयले स्टल अवलोकन गर्दै विद्यार्थी एवं शिक्षक शिक्षिकालाइ कार्यक्रमको सफलताको शुभकामना दिनु भयो । उक्त कार्यक्रम भव्यताका साथ सफल पार्न  आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राचार्य श्री सरिता रावल , सम्पुर्ण शिक्षक, कर्मचारी साथै विधार्थीहरुको ठुलो योगदान रहएको थियो |

धन्यबाद !
 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.