Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2024-03-11
Expiry Date: 2024-03-18

आम्दा नेपाल
आम्दा अस्पताल
खरखरे, दमक-२, झापा
साप्ताहिक गतिविधि

प्रकाशन मितिः २०८०।११।२८ गते
(अवधि वि.सं. २०८०।११।२१  देखि २०८०।११।२७ सम्म । ई.सं. २०२४, १० औं हप्ता)

१. आम्दा अस्पताल दमकमा AMDA DAY मनाइएको छ ।
श्री आम्दा अस्पताल, खरखरे दमक २, झापामा आम्दा नेपालको स्थापना दिवशको अवसरमा  कार्यक्रम मितिः २०८०।११।२० गते ३३ औँ "AMDA DAY" कार्यक्रम यस आम्दा अस्पतालमा भर्ना भएका बिरामीहरुलाई फलफूल तथा जुश वितरण गरि मनाइयो l उक्त कार्यक्रमको उद्घाटन डा. प्रकाश शर्माले गर्नु भएको थियो, साथै उक्त कार्यक्रममा आम्दा अस्पतालबाट सुमन कुमार नेपाल, टिका सुबेदी र पुनम गौरो लगायत अन्य अस्पतालका कर्मचारीहरुले कार्यक्रममा सहभागी भएर फलफूल वितरण गर्नुभयो l उक्त कार्यक्रमले अस्पताल र बिरामी पक्ष बीच सौहार्दपूर्ण बातावरण तयार गर्ने र अस्पतालको दिगो बिकाशमा टेवा पुरयाउने बिषयमा अस्पतालका मेडिकल सुपरिन्टेण्डेट डा. प्रकाश शर्माले जानकारी दिनुभयो ।

२. SBA-Skill Birth Attendance ६३th Batch Training सुरु भएको छ ।
आम्दा अस्पताल दमकमा मिति २०८०/११/२७ देखि अस्पतालको SBA तालिम हलमा संचालन सुरु भएको हो l उक्त तालिम कार्यक्रममा मधेश प्रदेशका विभिन्न सरकारी तथा गैर सरकारी अस्पतालहरु बाट ९ जना र आम्दा अस्पताल बाट १ जना गरी जम्मा १० जना ANM तथा Staff Nurse हरुले तालिममा सहभागीता जनाउनु भएको छ l हाल संचालन सुरु भएको SBA-Skill Birth Attendance को ६३ औ batch को तालिम ६० दिन सम्म संचालन हुने तालिम संयोजक टिका सुबेदीले जानकारी दिनुभयो l

३. आम्दा अस्पताल दमकमा ४२ दिने OTTM  को 6th Batch तालिम सम्पन्न भएको छ ।
श्री आम्दा अस्पताल, दमक २, झापामा मिति २०८०-११-२७ गते सम्पन्न भएको तालिम राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, काठमाडौँ र NHTC को support मा प्रदेश १ कै पहिलो "OTTM-Operation theatre technique and Management" तालिम/कार्यक्रमको 6th batch यस आम्दा अस्पताल दमकमा सम्पन्न भएको छ l उक्त तालिमको समापन आम्दा अस्पतालका मेडिकल सुपरिन्टेंन्डेन्ट डा. प्रकाशले गर्नु भयो समापन कार्यक्रममा यस तालिमले अस्पतालको अपेरेशन थिएटरको गुणस्तरमा सुधार हुने डा.शर्माले जानकारी दिनुभयो l उक्त तालिम डा.बिम्ला बुढाथोकी, डा. नबिन ढकाल, डा. शिखर कट्टेल, डा. अरुण शाह, पुनम गौरो र टिका सुबेदीको प्रतक्ष्य निगरानीमा संचालन भयको थियो l ४२ दिनसम्म संचालन भएको उक्त तालिमले सहभागीहरुले Operation Theatre सम्बन्धि विभिन्न जानकारी प्राप्त गरेको OTTM तालिम संयोजक कमला घिमिरेले जानकारी दिनुभयो ।

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.