Published Date: 2024-02-25
Expiry Date: 2024-03-02
आम्दा नेपाल
सिद्धार्थ बाल तथा महिला अस्पताल
बुटवल-७, दीपनगर, रूपन्देही
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८०।११।२१ गते, सोमवार
अवधिः वि.सं. २०८०।११।१३ देखि २०८०।११।१९ गतेसम्म (ई.सं. २०२४, ०९औं हप्ता) ।
साप्ताहिक अंक: ०९/२०२४
१. केन्द्रीय पदाधिकारीको सि.बा.म. अस्पताल भ्रमण
२०८०/११/१६ गतेका दिन आम्दा-नेपालका पूर्व अध्यक्ष डा. सरोज वझा तथा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. निभा वझाले सि.बा.म. अस्पतालको भ्रमण गर्नुभयो । भ्रमणका क्रममा विशेषज्ञ डा. निभा वझाले अस्पतालले प्रदान गरिरहेको स्त्री तथा प्रसूति सेवाको अवलोकन गर्नुका साथै सम्बन्धित चिकित्सक, नर्स र कर्मचारीसंग छलफल गर्नुभयो । त्यसै गरि डा. सरोज वझाले आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थीहरूलाई तनाव व्यवस्थापन (Stress Management) सम्बन्धि कक्षा लिनुभयो । भ्रमणमा मुख्यतया स्त्री तथा प्रसूति सेवाको सुदृढिकरण एवं विकास तथा स्त्री-क्यान्सर रोगको विस्तारको सम्भावना र आवश्यकता सम्बन्धमा छलफल भयो ।
२. आन्तरिक व्यवस्थापन समिति बैठक सम्पन्न
मिति २०८०/११/१८ का दिन सि.बा.म. अस्पताल आन्तरिक व्यवस्थापन समिति बैठक सम्पन्न भयो । बैठकमा निम्न प्रस्तावहरू सम्बन्धमा छलफल भई आवश्यक निर्णय समेत भयो –
१. फार्मेसीमा कर्मचारी संख्याको समीक्षा एवम् व्यवस्थापन
२. ल्याब सामाग्री/मेसिनको खरिद
३. स्वास्थ्य बिमा कार्यक्रम कार्यन्वयन
४. गार्ड इन्चार्जको नियुक्ति
५. क्यान्टिन निर्माण एवम सन्चालन
6. फिटल इको लगायतका थप सेवाको सेवा शुल्क निर्धारण
7. ओपिडि विभागको स्थान व्यवस्थापन
८. मानव संशाधन (एचआर) विभागको सुदृढीकरण
९. आम्दा नेपाल स्थापना दिवस मनाउने सम्बन्धमा ।
३. विभागीय प्रमुखहरूको साप्ताहिक बैठक
प्रत्येक आइतवार दिउँसो २:३० बजे बस्ने विभागीय प्रमुखहरूको साप्ताहिक बैठक मिति २०८०/११/१३ गतेका दिन बस्यो । बैठकमा सबै विभागीय प्रमुखहरूले सप्ताहभर आ-आफ्नो विभागमा भए गरेका गतिविधि र प्रस्तुतीकरण गर्नुका साथै देखिएका समस्याहरू समेत साझा गर्नुभयो र सामूहिक रूपमा समाधानका विकल्पहरूका सम्बन्धमा छलफल भयो ।
धन्यवाद !