Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2020-03-02
Expiry Date: 2020-03-09

Okayama Coop Japan द्वारा MCH Project को अबलोकन
Okayama Coop Japan तथा AMDA MINDS को टिम द्वारा मिति २०७६ फागुन १४ र १५ गते यस परियोजनाको अबलोकन गर्नु भएको छ जापानिज टोलि संग आम्दा नेपाल मातृ शिशु स्वास्थ्य परियोजना को टिम ले गत हप्ता गंगापरस्पुर स्वास्थ्य चौकी तथा विद्यालय अबलोकन गरेको छ । परियोजनाका प्रबन्धक राजेन्द्र रुचाल को टोलि सहित उक्तौकता टोलि ले गढवा गा. पा. का अध्यक्ष श्री सहजराम यादव संग भेटघाट गरि छलफल गरेको थियो  टोलि ले गंगापरस्पुर स्वास्थ्य चौकीका  स्वास्थ्य कर्मी हरु तथा महिला स्वास्थ्य स्वंय सेविक संग अन्तरक्रिया गरेका छन् । त्यस्तै गरि उक्त टोलि ले गंगापरस्पुर स्वास्थ्य चौकी र  र जनता मा. बि. गढवा को पनि अवलोकन गरेको थियो ।

पोषण कार्यशाला गोष्ठीमा आम्दा नेपालको सहभागिता
गढवा गाउँ पालिका द्वारा एकीकृत स्वास्थ्य तथा पोषण कार्यक्रम को दिगोपन सुनिस्चितता कार्यशाला गोष्ठी सम्पन्न भएको छ । उक्त कार्यक्रम मा यस परियोजनाका कार्यक्रम अधिकृत रोहित मुल्मी श्रेष्ठ ले सहभागीता जनाउनु भएको थियो । गाउपलिकाभित्रका आमा, किशोर किशोरी तथा बालबालिकाहरुको पोषण को अबस्थामा सुधारको लागि गरिने विभिन्न कार्यक्रम मा MCH Project  ले आबस्यक सहकार्य तथा प्राबिधिक सहयोग गर्ने भएको छ।





स्वास्थ्य आमा समूह को बैठकको सहजीकरण
स्वास्थ्य आमा समूहको बैठकको सहजीकरणको लागि गत हप्ता आम्दा नेपालका सामुदायिक स्वास्थ्य परिचालक हरु द्वारा गढवा गाउँ पालिका वडा न. २ को चिमचिमे, वडा न. ४ को पर्शा, रामनगर र प्रसेनी, वडा न. ५ को बोधिपुर/झाली र बाकी, वडा न. ६ को अतरबेदुवा र प्रनाह गौरी, वडा न. ७ का मानपुर (२) र मकनाहावा र वडा न. ८ मा खबरीनाका मा गरि जम्मा १२ स्थानका स्वास्थ्य आमा समुहहरुको बैठक तथा छलफलमा प्राबिधिक सहयोग गरेका थिए ।







खोप क्लिनिक तथा गाउँ घर क्लिनिकमा आम्दा नेपालको प्राबिधिक सहयोग 
आम्दा नेपालका सामुदायिक परिचालकद्वारा गोबरडिहा स्वास्थ्य चौकी, गंगापरस्पुर स्वास्थ्य चौकी र कोइलाबास स्वास्थ्य चौकी अन्तर्गतका गाउँघर क्लिनिक र खोप क्लिनिक मा प्राबिधिक सहयोग गरेका छन् । परियोजनाका स्वास्थ्य परिचालक सुनिता चौधरी ले क्रमस गोबरडिहा स्वास्थ्य चौकी अन्तर्गत महदेवा र वर्षा पाण्डे ले गोबरडिहा स्वास्थ्य चौकी, त्यस्तै राजा राम चौधरीले गढवा स्वास्थ्य चौकी अन्तर्गत मानपुर र कोइलाबास स्वास्थ्य चौकी अन्तर्गत खबरीनाकामा संचालित परियोजना गाउँघर क्लिनिक तथा खोप क्लिनिकको सेवा प्रबाह मा प्राबिधिक सहयोग तथा सेवा ग्राही लाइ आबस्यक स्वास्थ्य शिक्षा प्रदान गर्नु भएको थियो ।

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.