Published Date: 2025-02-17
Expiry Date: 2025-02-22
आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाडौं
साप्ताहिक गतिविधि
प्रकाशन मितिः वि.सं. २०८१।११।०५ गते, सोमबार
अवधिः वि.सं. २०८१।१०।२७ देखि वि.सं. २०८१।११।०३ गते सम्म (ई.सं. २०२५, ०७औं हप्ता) ।
साप्ताहिक अंक: ७/२०२५
१. कार्यकारिणी समितिको १८ औं बैठक सम्पन्न ।
आम्दा नेपालका अध्यक्ष डा. सुनु दुलालको अध्यक्षतामा बि.सं २०८१।१०।३० गते, कार्यकारिणी समितिको १८ औं बैठक सम्पन्न भएको छ ।
२. पदपुर्तिको सुचना प्रकाशन ।
आम्दा नेपालको केन्द्रिय कार्यलयमा कार्यरत वित्त नियन्त्रक (Finance Controller) ले पदबाट राजिनामा दिनु भएकोले सो रिक्त पदमा पदपुर्ति गर्न वि.स. २०८१।११।०२ गते सुचना नं. १०७७४ प्रकाशन गरिएको छ । इच्छुक योग्य व्यक्तिले अनलाइन लिंक http://amda.org.np/vacancies.html मार्फत निवेदन पेश गर्न सक्ने व्यवस्था मिलाइएको छ ।
३. व्यवस्थापन प्रशिक्षण ।
वि.सं. २०८१।१०।०१ गतेबाट आम्दा अस्पतालको मेडिकल सुपरिन्टेन्डेन्ट पदमा पदस्थापना हुनु भएका डा. शिखर कट्टेललाई प्रदान गरिएको व्यवस्थापन प्रशिक्षणको क्रममा आम्दा नेपालको केन्द्रिय कार्यालयमा वि.सं. २०८१।१०।२९ गते आम्दा नेपालका अध्यक्ष डा. सुनु दुलाल, सचिव डा. अनिल कुमार दासको विशेष सम्वोधन सहित व्यवस्थापन प्रशिक्षण समापन गरिएको छ ।
४. यूएसएड दिगो एचआइभी महामारी नियन्त्रण परियोजना सुचारू ।
आम्दा नेपालले इलाम, झापा, मोरङ् र सुन्सरी जिल्लामा सञ्चालन गर्दै आएको यूएसएड दिगो एचआइभी महामारी नियन्त्रण परियोजना मार्फत सञ्चालित सम्पूर्ण कार्यक्रमहरू सन् १ फेब्रुअरी देखी यथास्थितिमा राखिएकोमा यूएसएडबाट प्राप्ता यथास्थिति फुकुवाको जानकारी वमोजिम रोकथाम मुलक कार्यक्रम वाहेक अन्य कार्यक्रमहरू सुचारू गरिएको छ ।
५. नियमित साप्ताहिक बैठक ।
वि.सं. २०८१।११।०५ गते सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।
क. वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू ।
क्र.सं. |
कामको विवरण |
जिम्मेवारी र समयतालिका |
१ |
नागरिक वडापत्र र सुचना
- वडापत्र प्रकाशन कार्यविधि अध्यावधिक गर्ने
- हाल प्रकाशित नागरिक वडापत्रको फोटो संकलन गरी सुरक्षित भण्डारण गर्ने
- बडापत्र अध्यावधिक गर्ने
|
प्रशासन |
२ |
सरकारी कर
- प्रचलित कानून वमोजिम अग्रिम कर कट्टी र दाखिलाको विवरण अध्यावधिक गर्ने
- करयोग्य कारोवार भएकोमा पुन परिक्षण गरी कर गणना, कट्टी र दाखिला दुरूस्त भएको सुनिचिश्त गर्ने ।
- कर गणना, कर कट्टी र दाखिला नियमानुसार नभएको/नगरेको पाइएमा संवन्धित कर्मचारीलाइ सचेत गराउने
|
लेखा |
३ |
त्रैमासिक समिक्षा बैठक
- त्रैमासिक समिक्षा गोष्ठीमा छलफल गरिने सुचाङ्कहरू अध्यावधिक गर्ने
|
कार्यक्रम |
४ |
कार्यक्रम स्विकृति (स.क.प.)
- सञ्चालनमा रहेका कार्यक्रमहरूको नविकरण तथा स्विकृतिका लागी आवश्यक व्यवस्था गर्ने
- सम्पूर्ण कार्यक्रमहरूको छुट्टाछुट्टै प्रगति विवरण अध्यावधिक गर्ने
- प्रगति विवरणहरू समाजकल्याण परिषदमा पेश गर्ने
- प्रगति विवरणहरू स्थानिय निकायमा पेश गर्ने
- प्रगति विवरणहरू दातृ निकायमा पेश गर्ने
- प्रतगि विवरणहरू सार्वजनिक गर्ने
- नयाँ कार्यक्रम सञ्चालन तथा स्विकृतिका लागी आवश्यक व्यवस्था मिलाउने
|
कार्यक्रम |
ख. बैठकको निर्णयहरुः
-
|
निर्णय |
जिम्मेवार |
-
|
यूएसएड दिगोमहामारी नियन्त्रण परियोजना मार्फत अप्रिल २०२५ सम्म स्थगित भएको हुँदा उक्त समयमा लाग्ने penalty हरुको बिबरण तयार गरि पेश गर्ने |
COP-USHEC |
धन्यबाद !