Published Date: 2024-02-11
Expiry Date: 2024-02-17
आम्दा नेपाल
सिद्धार्थ बाल तथा महिला अस्पताल
बुटवल-७, दीपनगर, रूपन्देही
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८०।११।०७ गते, सोमवार
अवधिः वि.सं. २०८०।१०।२८ देखि २०८०।११।०५ गतेसम्म (ई.सं. २०२४, ०७औं हप्ता) ।
साप्ताहिक अंक: ०७/२०२४
१. जापानको विद्यार्थी टोलि सिद्धार्थ बाल तथा महिला अस्पतालको भ्रमणमा
मिति २०८०/११/०२ गतेका दिन आम्दा इन्टरनेशनलकी परियोजना अधिकृत श्री अर्चना जोशीज्यूको नेतृत्वमा ४ जना विद्यार्थी समेतको टोलि २ दिने अध्ययन भ्रमणका लागि बुटवल आइपुग्यो । मे.सु. डा. राजेन्द्र प्रसाद बस्यालज्यूले स्वागत गर्नुभएको टोलीले अस्पतालका बिरामी, बालबालिका तथा चिकित्सक एवं कर्मचारीहरूसंग अन्तरक्रिया गरेको थियो । टोलीले २०८०/११/०२ गतेका दिन सि.बा.अस्पताल स्थानीय व्यवस्थापन समितिका अध्यक्ष एवं बुटवल उप-महानगरपालिकाका प्रमुख श्री खेलराज पाण्डेयज्यूलाई समेत भेटेको थियो । भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्दै उक्त टोलि मिति २०८०/११/०२ का दिन काठमाडौं फर्किएको थियो ।
२. स्वास्थ्य बिमा कार्यक्रम लागु गर्नका लागि छलफल
मिति २०८०/११/०३ गतेका दिन सि.बा.म. अस्पतालको एक टोलिले स्वास्थ्य बिमाको सेवा प्रदान गर्नका लागि आवश्यक प्रक्रिया बुझ्नका लागि बुटवलस्थित राष्ट्रिय स्वास्थ्य बिमाको कार्यालयमा पुगी कार्यालय प्रमुखसंग छलफल एवं अन्तरक्रिया गरेको थियो । अस्पतालका प्रशासक, लेखा प्रमुख, सामाजिक एकाई इन्चार्ज र IT इन्चार्ज सम्मिलित टोलीले सहभागिता जनाएको उक्त छलफलमा सि.बा.म. अस्पताल स्वास्थ्य बिमा अन्तर्गतको दोस्रो विन्दुको रूपमा सेवा प्रदान योग्य रहेको हुनाले आन्तरिक व्यवस्थापन समितिमा छलफल गरि सोहि अनुसार प्रक्रिया अगाडी बढाउने निर्णय गरियो ।
३. विभागीय प्रमुखहरूको साप्ताहिक बैठक
प्रत्येक आइतवार दिउँसो २:३० बजे बस्ने विभागीय प्रमुखहरूको साप्ताहिक बैठक मिति २०८०/१०/२८ गतेका दिन बस्यो । बैठकमा सबै विभागीय प्रमुखहरूले सप्ताहभर आ-आफ्नो विभागमा भए गरेका गतिविधि र प्रस्तुतीकरण गर्नुका साथै देखिएका समस्याहरू समेत साझा गर्नुभयो र सामूहिक रूपमा समाधानका विकल्पहरूका सम्बन्धमा छलफल भयो ।
धन्यवाद !