आम्दा अस्पताल
खरखरे, दमक, झापा
साप्ताहिक गतिविधि
(अवधि वि.सं. २०७९।११।०२ देखि २०७९।११।०८ सम्म । ई.सं. २०२३, ७ औं हप्ता)
१. | ROUSG तालिमको उद्घाटन र संचालन बारे । |
श्री सामाजिक तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेश सरकार, पोखराको आयोजनामा मिति २०७९/११/०७ देखि २०७९/११/२७ गते सम्म यस आम्दा अस्पताल दमकमा ७० औ "ग्रामिण अब्स्टेट्रिक अल्ट्रासाउन्ड" सम्बन्धि तालिम संचालन सुरु भएको छ l तालिमको उद्घाटन कार्यक्रममा यस अस्पताल प्रमुख डा. प्रकाश शर्मा ले गर्नु भयो, उक्त कार्यक्रमको प्रथम दिनको एजेन्डाहरुमा Opening and welcome, Introduction participants expections, Course overview, Daily activities, Registration document collections, Pre-course knowledge assessement, Course material overview, Overview of ROUSG program and ethical consideration, Basics of Ultrasound unit, Summary बारे जानकारी आदानप्रदान भयो l ROUSG तालिमको Trainer को रुपमा यस अस्पतालबाट डा. राजिभ रिजाल, डा. पुरुषोत्तम माझी, टिका सुबेदी र पुनम गौरो रहनुभएको छ l उक्त तालिमले SBA तालिम प्राप्त नर्शिंग कर्मचारीहरु लाई उक्त मेशिन संचालन गर्न साथै अल्ट्रासाउन्ड सम्बन्धि बिबिध जानकारी दिने, तालिमको उद्घाटनमा डा. प्रकाश शर्माले जानकारी दिनुभयो । |
