Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2020-02-18
Expiry Date: 2020-02-25

AMDA Nepal
Maternal and Child Health Project
Dang
Weekly News              
MCH Project को सामाजिक लेखा परिक्षण
AMDA Nepal MCH Project दाङ को पहिलो वर्षको  सामाजिक लेखा परिक्षण कार्यक्रम यहि मिति २०७६ फागुन २ गते सम्पन भएको छ ।  कार्यक्रम को सहजीकरण सामाजिक लेखा परिक्षक दशरथ घिमिरे ज्यु ले गर्नु भएको थियो  भने परियोजनाका कार्यक्रम प्रबन्धक राजेन्द्र रुचालले परियोजनाद्वारा वर्ष भरि गरिएका गतिबिधि तथा स्वास्थ्य संस्था भवन निर्माण प्रक्रियाको प्रगतिको बारेमा प्रस्तुत्ति गर्नु भएको थियो। कार्यक्रम मा गढवा गाउँपालिकाका अध्यक्ष श्री सहजराम यादव, स्वास्थ्य संयोजक, शिक्षा शाखाका प्रमुख, पशु शाखाका प्रमुख, स्वास्थ्य चौकी का इन्चार्ज, वडा अध्यक्ष, महिला सदस्य,  स्वास्थ्य स्वयं सेविका, स्वास्थ्य आमा समुहका सदस्य हरु तथा अन्य संघ संस्था का प्रतिनिधिहरुको को उपस्थिति रहेको थियो । कार्यक्रम का सहभागी हरुले आफ्नो धारणाराख्दै परियोजना ले सुरुवाती वर्ष मै उल्लेखनीय काम गरेको कुरा ब्यक्त गरेका थिए


हात्तीपाइले बिरुद्ध औसधि सेवन शिविर मा आम्दा नेपालको प्राबिधिक सहयोग
गढवा गाँउपालिका द्वारा संचालित हात्तीपाइले रोग निवारणकोलागि आम औषधि सेवन शिविर कार्यक्रममा आम्दा नेपालका सामुदायिक परिचालकद्वारा गढवा गाँउपालिकाका चारै वटा स्वास्थ्य चौकी मा प्राबिधिक सहयोग गर्दै आएका छन्। गत हप्ता जस्तै आम्दा नेपालका सामुदायिक परिचालकद्वारा स्वास्थ्य चौकीका कर्मचारी तथा महिला स्वास्थ्य स्वयं सेविक हरु संग समन्वय गरि स्कुल तथा घरदैलो कार्यक्रम गरि औषधि खुवाउने कार्यक्रम मा सहयोग गरेका छन् ।




 स्वास्थ्य आमा समूह को बैठकको सहजीकरण
स्वास्थ्य आमा समूह को बैठकको सहजीकरणको लागि गत हप्ता आम्दा नेपाल का सामुदायिक स्वास्थ्य परिचालक हरु द्वारा गढवा गाउँ पालिका अन्तर्गत वडा न. १ को बडाहरा, वडा न. ३ को खैरा, वडा न. ४ को खड्कापुर (), वडा न. ५ को चयनपुर, वडा न. ६ को आटिपाकर र वडा न. ८ को
इलाबास का मस्जिद टोल र पासी टोल मा गरि जम्मा ८ स्थानका स्वास्थ्य आमा समुहहरुको बैठक तथा छलफलमा प्राबिधिक सहयोग गरेका थिए ।

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.