Gokarneshwar-6, Jorpati, Kathmandu, Nepal Tel: +977-1-4910235, 4911140

Published Date: 2024-03-12
Expiry Date: 2024-02-18

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं 
साप्ताहिक गतिविधि
 
प्रकाशन मितिः २०८०।१०।२९ गते, सोमवार
अवधिः वि.सं. २०८०।१०।२१ देखि २०८०।१०।२८ गते सम्म (ई.सं. २०२४, ०६ औं हप्ता) ।
साप्ताहिक अंक: ०६/२०२४


१. परामर्शदाता छनौट ।
आम्दा नेपालद्वारा सञ्चालित आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन निर्देशिका/कार्यविधि तयार गर्न परामर्शदाताको प्रस्ताव माग गरिएकोमा सारभुत रुपमा योग्य उम्मेदवार श्री सुनिल सिग्देल छनौट हुनु भएको छ ।

२. आम्दा ईन्टरनेशनलमार्फत जापानिज विद्यार्थीहरूको नेपाल भ्रमण ।
नेपाल भ्रमणमा आम्दा ईन्टरनेशनलका परियोजना अधिकृत श्री अर्चना जोशीको नेतृत्वमा जम्मा २ जना नर्सिङ् विद्यार्थी र दुई जना विद्यालयस्तरका विद्यार्थी समेत जम्मा ५ जनाको टोली वि.सं. २०८०।१०।२० गते नेपाल आइ पुग्नु भएको छ । जापानिज पाहुनाहरुको नेपाल बसाई जम्मा ५ दिनको हुने छ । भ्रमण अवधिमा निजहरूले सिद्दार्थ वाल तथा महिला अस्पतालको अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

३. नियमित साप्ताहिक बैठक
बि. सं. २०८०।१०।२९ गते सम्पन्न नियमित साप्ताहिक बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।

क. अघिल्लो बैठकको समिक्षा ।
आम्दा नेपाल केन्द्रिय कार्यालयको गतहप्ताको कार्यहरुको प्रगति विवरणको यस बैठकमा समिक्षा गरियो ।
क्र.सं. कामको विवरण समयतालिका र जिम्मेवारी प्रगति विवरण
१ मर्मत संभारः मर्मत संभारमा कार्यहरुलाई अध्यावधिक गर्ने । २०८०१११५ UPA सम्पन्न
२ कार्यक्रम स्वीकृती तथा नविकरणः संबन्धित निकायबाट परियोजनाहरुको स्विकृति लिने वा कार्यक्रम तथा संस्था नविकरणको कार्य अध्यावधिक गर्ने । २०८०१११५
UPA
साधारण सभाको प्रमाणित निर्णय प्रति प्राप्त हुन बाँकी
३ प्रतिवेदनः अर्ध बार्षिक प्रतिवेदन सार्वजनिक गर्ने । २०८०१११५ UPA

विवरण संकलन हुदै ।

 
ख. वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू
क्र.सं. कामको विवरण जिम्मेवारी समय तालिका
१ कार्यक्रम स्वीकृती अध्यावधिक गर्ने । अच्युत सापकोटा

२०८०११२५

२ नागरिक वडापत्र उमेश प्रसाद आचार्य २०८०११२५
३ ढाँचा तथा मापदण्ड सुदेश रेग्मी २०८०११२५
४ PIN and Documentation रामबाबु २०८०११२५
५ भौतिक परिक्षण गर्ने । रश्मी पुतुवार २०८०११२५
 
ग. बैठकको निर्णय ।
क्र.सं. निर्णय सारांश जिम्मेवारी समयतालिका
१ हाते पुस्तिका तयार गर्नेः आम्दा नेपालका शैक्षिक कार्यक्रमहरुको व्यबस्थापन गर्ने उदेश्यले तयार गर्न लागिएको निर्देशिका/कार्यविधिलाई हाते पुस्तिकाको रुपमा प्रकाशन गर्ने ।
  •  

२०८००३१५

२ IRD CBMS आम्दा नेपालले विलिङ् गर्ने सफ्टवेयर प्रणालीलाई आन्तरिक राजश्व विभागको CBMS प्रणालीमा आवद्द गराइ आन्तरिक राजस्व कार्यालयमा जानकारी गराउने । रश्मी पुतुवारतथ रामबाबु देव

२०८०११२५

३ सामाजिक सुरक्षा कोष योगदान कबुलियतनामाः आम्दा नेपालमा कार्यरत कार्मचारीहरुले लामो समय बेतलवि विदामा बस्दा वा SSF मा नियमित मासिक योगदान नहुने अवस्थामा कर्मचारी स्वंय जिम्मेवार हुने किसिमको कबुलियतनामा तयार गर्ने । अच्युत सापकोटा

तत्कालै (परिपत्र मार्फत जानकारी गराउने )


४. गतहप्ताका गतिविधिका तस्विरहरू
Visit of Japanese students to Nepal through AMDA International_Central Office, Kathmandu_20240209

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.



//