Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2023-02-13
Expiry Date: 2023-02-19

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौ
 
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०७९।११।०१ गते, मंगलबार (इ.सं. २०२३ फेब्रेवरी १३)
(अवधि वि.सं. २०७९।१०।२२ देखि २०७९।१०।२९ सम्म । ई.सं. २०२३, ०६ औं हप्ता)


१. स्तन तथा पाठेघर मुखको क्यान्सर परिक्षण शिविर सञ्चालन ।
आम्दा नेपालले गोकर्णेश्वर नगरपालिकासँगको सहकार्यमा सञ्चालन गर्दै आएको स्तन तथा पाठेघर मुखको क्यान्सर परिक्षण शिविर अन्तर्गत गोकर्णेश्वर नगरपालिका वडा नं. ५ मा स्थित चामुण्डा उच्च माध्यमिक विद्दालय, नारायणटारमा वि.सं २०७९।१०।२८ गते सञ्चालन गरियो । परिक्षण शिविरमा जम्मा ६१ जना महिलाहरुको स्तन र पाठेघर मुखको क्यान्सर परिक्षण भएकोमा ३ जना महिलामा VIA Positive, ११ जना Benign र १ जना महिलाको स्तन क्यान्सरको संभावना देखिएकाले थप परिक्षण गर्ने व्यबस्था गरिएको छ ।

२. मोटरसाइकल लिलाम विक्री ।
आम्दा नेपालको केन्द्रीय कार्यालयमा रहेका पुराना सवारी साधनहरू (मोटरसाईकल) लिलाम बिक्रीका लागि सूचना Re Notice for Auction_Office Vehicle (amda.org.np) प्रकाशन गरिएकोमा रित पुर्वक प्राप्त हुन आएका पाँच वटा प्रस्तावहरु प्रस्तावक प्रतिनिधि र आम्दा नेपालका कर्मचारीको उपस्थितिमा मिति २०७९ माघ २६ गते खोलिएको छ ।  

३. आम्दा ईन्टरनेशनलको मेडिकल टोली टर्कि प्रस्थान ।
वि.सं. २०७९ माघ २३ गते (6 February 2023) टर्किको गाजियनटेप केन्द्रविन्दु बनाएर गएको ७.८ म्याग्निचुडको शक्तिशाली भुपक्पमा ठुलो मानविय तथा भौतिक क्षति भएकोमा मानविय उद्दार र स्वास्थ्य उपचारमा सहयोग गर्न आम्दा ईन्टरनेशनलको मेडिकल टोली टर्कि तर्फ प्रस्थान गरेको छ । AMDA - AMDA will always be on the frontline as long as there is a life to be saved - AMDA Emergency Relief #01: Earthquakes in Türkiye

४. नियमित साप्ताहिक बैठकवि.सं. २०७९।११।०१ गते सम्पन्न नियमित साप्ताहिक बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।
क. ईपिक परियोजनाको प्रस्ताव समाज कल्याण परिषदमा पेश गर्ने ।
आम्दा नेपाल र FHI 360 विच सम्पन्न संझौता बमोजिम सन् अक्टोवर २०२२ र २०२३ सेप्टेम्वर सम्मका लागी ईपिक परियोजनाको समयावधि थप भएकोमा सो परियोजनाको कार्यक्रम र बजेट समाज कल्याण परिषदवाट स्विकृति लिन प्राथमिकताका साथ काम सम्पन्न गर्ने ।
ख. Occupational Health and Sub-wardee guideline को मस्यौदा साझेदारी ।
Organization Capacity Assessments Occupational Health and Sub-award guideline
 
ग. यस हप्ता गर्नु पर्ने कार्यहरुको विवरण ।
- नागरिक बडापत्रको अध्यावधिक गर्ने ।
- PIN and Documentation अध्यावधिक गर्ने ।
- भौतिक परिक्षण गर्ने ।
- ढाँचाहरु (Form and Format) अध्यावधिक गर्ने ।

धन्यबाद ।

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.