Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2020-02-10
Expiry Date: 2020-02-17

AMDA Nepal
Maternal and Child Health Project
Dang
Weekly News
मातृशिशु स्वास्थ्य सम्बन्धि स्वास्थ्य शिक्षा, सूचना तथा संचार
गढवा गाउँपालिकामा मातृशिशु स्वास्थ्यको प्रबर्द्धन गर्नकोलागि समुदायस्तरमा स्वास्थ्य शिक्षा सूचना तथा संचार सम्बन्धि विभिन्न  कार्यक्रम संचालन हुदै आएको छ । यसै क्रममा गाउँपालिकाका सम्पूर्ण वडाका गाउँ तथा टोलहरुमा मातृशिशु स्वास्थ्य सम्बन्धि  सुचना सहितको होर्डिंग बोर्ड राख्ने कार्यक्रम  सम्पन्न भएको छ





हात्तीपाइले बिरुद्ध आम औसधि सेवन शिविर मा आम्दा नेपालको प्राबिधिक सहयोग
गढवा गाँउपालिका द्‌वारा संचालित हात्तीपाइले रोग निवारण को लागि शिविर कार्यक्रम मा आम्दा नेपालका सामुदायिक परिचालकद्वारा गढवा गाँउपालिकाका चारै वटा स्वास्थ्य चौकी मा प्राबिधिक सहयोग गरेका छन्। स्वास्थ्य चौकीक कर्मचारी  तथा महिला स्वास्थ्य स्वयं सेविका हरुसंग समन्वय तथा सहकार्य गर्दै आम्दा नेपालका कर्मचारी हरुले विभिन्न बुथ तथा घरदैलो कार्यक्रम गरि औसधि खुवाउने कार्यक्रम मा सहभागी भएका छन् ।


आम्दा नेपालको Management Workshop मा सहभागी
आम्दा नेपाल केन्द्रीय कार्यालयले मिति २०७६ माघ २३ र २४ गते संचालन गरेको management workshop on policy and planning मा यस परियोजना का कार्यक्रम प्रबन्धक राजेन्द्र रुचाल र प्रसासन तथा बित्त अधिकृत सुदन ओली ले सहभागिता जनाउनु भएको थियो

स्वास्थ्य आमा समूह को बैठकको सहजीकरण
स्वास्थ्य आमा समूह को बैठकको सहजीकरणको लागि गत हप्ता आम्दा नेपाल का सामुदायिक स्वास्थ्य परिचालक हरु द्वारा गढवा गाउँ पालिका अन्तर्गत वडा न. ३ का गोबरडिहा, वडा न. ४ को कटियांगाँउ, वडा न. ५ को धर्मपुर र वडा न. ६ का खबरी र बनकट्टी मा गरि जम्मा ५ स्थानका स्वास्थ्य आमा समुहहरुको बैठक तथा छलफलमा प्राबिधिक सहयोग गरेका थिए ।






खोप क्लिनिक तथा गाउँ घर क्लिनिकमा आम्दा नेपालको प्राबिधिक सहयोग 
आम्दा नेपालका सामुदायिक परिचालकद्वारा गढवा स्वास्थ्य चौकी, गंगापरस्पुर स्वास्थ्य चौकी र गोबरडिहा स्वास्थ्य चौकी अन्तर्गतका गाउँघर क्लिनिक र खोप क्लिनिक मा प्राबिधिक सहयोग गरेका छन् । परियोजनाका स्वास्थ्य परिचालक सुनिता चौधरी क्रमस गोबरडिहा स्वास्थ्य चौकी अन्तर्गत गोबरडिहा र  महदेवा, बर्षा पाण्डे ले गोबरडिहा स्वास्थ्य चौकी अन्तर्गत कालाकत्ते र कुलपानी, त्यस्तै अनुशा यादव ले गढवा स्वास्थ्य चौकी अन्तर्गत खबरी र गढवा स्वास्थ्य चौकी र राजा राम चौधरी ले गढवा स्वास्थ्य चौकी अन्तर्गत चन्दनपुर मा संचालित गाउँघर क्लिनिक तथा खोप क्लिनिकको सेवा प्रबाह मा प्राबिधिक सहयोग तथा सेवा ग्राही लाइ आबस्यक स्वास्थ्य शिक्षा प्रदान गर्नु भएको थियो ।
 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.