Published Date: 2025-02-03
Expiry Date: 2025-02-08
आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाडौं
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८१।१०।२१ गते, सोमबार
अवधिः वि.सं. २०८१।१०।१३ देखि वि.सं. २०८१।१०।१९ गते सम्म (ई.सं. २०२५,५ औं हप्ता) ।
साप्ताहिक अंक: ५ /२०२५
१. पदपूर्ति लागी विज्ञापन प्रकाशन ।
आम्दा नेपाल मताहत संचालित सिद्धार्थ बाल तथा महिला अस्पताल, वुटवलका रिक्त पदहरुको पदपुर्तिका लागि वि.सं. २०८१।१०।१५ गते सुचना नं. ०१०७१८ प्रकाशन गरिएको छ । योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले http://amda.org.np/vacancies.html मार्फत निवेदन पेश गर्न सक्नु हुनेछ ।
२. कर्मचारी अवकाशको पुर्व जानकारी
आम्दा नेपाल अन्तर्गत संचालित सम्पुर्ण अस्पताल परियोजनाहरुमा कार्यरत कर्मचारी द्वारा राजिनामा दिई सेवामुक्त हुन चाहने कर्मचारीले पूर्व जानकारी गराउनु पर्ने समयावधिको सम्वन्धमा श्रम ऐन अनुकुल हुने गरी थप स्पष्टता सहित वि.सं.२०८१।१०।१६ गते परिपत्र गरिएको छ ।
३. क्यान्सर सचेतना शिक्षा कार्यक्रम सम्पन्न ।
गोकर्णेश्वर नगरपालिकाको सहयोगमा आम्दा नेपालले सञ्चालन गर्दै आएको स्तन तथा पाठेघर मुखको क्यान्सर सचेतना कार्यक्रम अन्तर्गत वि.सं. २०८१।१०।१८ गते गोकर्णेश्वर नगरपालिका अन्तर्गत रहेका बिद्यालयहरूमा स्तन तथा पाठेघर मुखको क्यान्सर सम्बन्धी शिक्षा प्रदान गर्ने कार्यक्रम सम्पन्न भएको छ । गोकर्णेश्वर नगरपालिका स्थित वडा नं ४ मा रहेको गोकर्णेश्वर महादेव अंङ्रेजी बिद्यालयबाट जम्मा ९३ बिद्यार्थी र वडा नं ३ मा रहेको नव सुन्ताखान एकेडेमीबाट जम्मा ४७ बिद्यार्थीहरुले सचेतनामूलक शिक्षा प्राप्त गरेका छन् ।
४. यूएसएड दिगो एचआइभी महामारी नियन्त्रण परियोजनालाइ यथास्थितिमा राखिएको
आम्दा नेपालले इलाम, झापा, मोरङ् र सुन्सरी जिल्लामा सञ्चालन गर्दै आएको यूएसएड दिगो एचआइभी महामारी नियन्त्रण परियोजना मार्फत सञ्चालित सम्पूर्ण कार्यक्रमहरू सन् १ फेब्रुअरी २०२५ देखी स्थगन गरी यथास्थितिमा राखिएको । परियोजनाको सरसामानको सुरक्षा र सेवाग्राहीलाइ स्थगन वारे जानकारी दिने कामका लागी एक एक जना सामुदाय स्थित सहयोगी र आंशिक रूपमा परियोजना प्रमुख एवं कार्यक्रम विज्ञलाइ मात्र परिचालन गरिएको छ । अमेरिकी सरकारको नीति अनुरूप यूएसएडबाट प्राप्त परिपत्र अनुरूप यथास्थितिमा राखिएको थप सुचना र परिस्थितिका आधार परियोजनाको भविष्य निर्धारण हुनेछ ।
५. व्यवस्थापन निरिक्षण भ्रमण सम्पन्न
आम्दा नेपालका सचिव डा. अनिल कुमार दास र कार्यक्रम निर्देशक श्री सुदेश रेग्मीले सिद्धार्थ बाल तथा महिला अस्पतालको व्यवस्थापन निरिक्षण सम्पन्न गर्नुभएको छ । वि.सं. २०८१।१०।१६ देखी १८ सम्म सम्पन्न स्थलगत निरिक्षण क्रममा अस्पताल प्रमुख डा. विनोद पराजुली र प्रशासक श्री खगेन्द्र बहादुर क्षेत्रीलाइ संगठन तथा व्यवस्थापन सर्भेक्षण विषयमा अभिमुखीकरण समेत गरिएको छ ।
६. नियमित साप्ताहिक बैठक ।
वि.सं. २०८१।१०।२१ गते सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।
क. वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू ।
क्र.सं. |
कामको विवरण |
जिम्मेवारी र समयतालिका |
१ |
जनशक्ति व्यवस्थापन
- जनशक्ति व्यवस्थापन कार्यविधि अध्यावधिक गर्ने
- कर्मचारी विवरण अध्यावधिक गर्ने
- कर्मचारी संकेत क्रमसंख्या अध्यावधिक गर्ने
- एक वर्ष भित्र उमेर हदको कारण सेवानिवृत हुने कर्मचारीको विवरण अध्यावधिक गर्ने
- कर्मचारीका गुनासा र सुझावको उपयुक्त विधिबाट संवोधन भए नभएको स्थिति रूजु गरी अध्यावधिक गर्ने
- कर्मचारीबाट तालिम आवश्यकताको सुझाव संकलन गरी तालिम योजना तयार गर्ने
- काम, कर्तव्य र अधिकारको विवरण अध्यावधिक गर्ने
- व्यक्तिगत विवरण फायलहरू अध्यावधिक गर्ने
- कबुलियतनामाहरूको विवरण अध्यावधिक गर्ने
- पदोन्नति र सरूवाको विवरण अध्यावधिक गर्ने
- कर्मचारी गतिविधिको सारांश प्रकाशनको व्यवस्था गर्ने
- तलब सिट संकलन गरी सुरक्षित भण्डारणको व्यवस्था मिलाउने
|
प्रशासन |
२ |
योजना र कार्यक्रम
आ.व. २०८१/०८२ को स्विकृत नीति, योजना र कार्यक्रमको समिक्षा सहित प्रगति विवरण प्रतिवेदन तयार गर्ने ।
- नीति, योजना, कार्यक्रम र बजेट तयारी कार्यविधि अध्यावधिक गर्ने
- स्विकृत नीति, योजना, कार्यक्रम र बजेटको कार्यान्वयन स्थिति समिक्षा गर्ने
- प्रगति सुचकाङ्कहरू अध्यावधिक गर्ने र प्रकाशन, वितरण तथा सार्वजनिक गर्न आवश्यक व्यवस्था गर्ने
- वार्षिक योजना रूजू गरी सहायता एवं श्रोत खोजी गर्न प्रस्तावना र अवधारणापत्र तयार गर्ने
|
कार्यक्रम |
७. संग्रहनिय तस्विर ।
 |
 |
क्यान्सर सचेतना शिक्षा कार्यक्रम_२०८११०१८ |