Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2024-01-28
Expiry Date: 2024-02-03

आम्दा नेपाल
सिद्धार्थ बाल तथा महिला अस्पताल
बुटवल-७, दीपनगर, रूपन्देही
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८०।१०।२२ गते, सोमवार
अवधिः वि.सं. २०८०।१०।१४ देखि २०८०।१०।२० गतेसम्म (ई.सं. २०२४, ०५औं हप्ता) ।
साप्ताहिक अंक: ०५/२०२४
 
१. विस्तारित स्वास्थ्य सेवा (EHS) र स्वागत तथा सोधपूछ डेस्कको शुभारम्भ  
मिति २०८०/१०/१७ का दिन सिद्धार्थ बाल तथा महिला अस्पतालमा विस्तारित स्वास्थ्य सेवा (EHS) र स्वागत तथा सोधपूछ डेस्कको शुभारम्भ गरियो । निमित्त वडा अध्यक्ष श्री बीर बहादुर लामाज्यूबाट शुभारम्भ भएको विस्तारित सेवा अन्तर्गत नियमित ओपिडी समय बाहेक पनि बिहान ७:०० बजेदेखि साँझ ७:०० बजेसम्म EHS सेवा अन्तर्गत रू. ५००/- शुल्कमा विशेषज्ञ चिकित्सकद्वारा ओपिडी सेवा उपलब्ध रहने जानकारी गराइयो । त्यसैगरि सेवाग्राहीलाई सूचना एवं आवश्यक सहयोगका लागि स्वागत तथा सोधपूछ डेस्क संचालनमा ल्याइयो । शुभारम्भ कार्यक्रममा मे.सु. डा. राजेन्द्र प्रसाद बस्याल, चिकित्सक, कर्मचारी एवं सेवाग्राहीहरूको उपस्थिति रहेको थियो ।
 
२. विभागीय प्रमुखहरूको साप्ताहिक बैठक
प्रत्येक आइतवार दिउँसो २:३० बजे बस्ने विभागीय प्रमुखहरूको साप्ताहिक बैठक मिति २०८०/१०/१४ गतेका दिन बस्यो । बैठकमा सबै विभागीय प्रमुखहरूले सप्ताहभर आ-आफ्नो विभागमा भए गरेका गतिविधि र प्रस्तुतीकरण गर्नुका साथै देखिएका समस्याहरू समेत साझा गर्नुभयो  र सामूहिक रूपमा समाधानका विकल्पहरूका सम्बन्धमा छलफल भयो ।
 
धन्यवाद !

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.