Weekly News (W05_20210201_103_SCWH )
१. सि.बा.म. अस्पताल बुटवल मिति २०७७।१०।१८ गते, लुम्बिनि प्रदेश स्वास्थ्य निर्देशनालयको पहल र जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीको सहयोगमा यहि मिति २०७७।१०।१८ गतेका दिन कोभिड १९ बिरुध्दको खोप लगाउने ( Covishield 4120Z004 Vaccinator ) रुपन्देही जिल्लाका सरसफाई गर्ने कर्मचारी र स्वास्थ्य कर्मिहरुलाई लगाउने कार्यक्रम शुरुवात भयो । आज मिति २०७७।१०।१८ देखि शुरु भएको मिति २०७७।१०।२४ गते प्रथम चरणको खोप कार्यक्रम सम्पन्न भएको छ । २०७७।१०।१८ गते देखि ७ दिन सम्म भएको खोपमा यस अस्पतालको कर्मचारी सहित अन्य स्वास्थ्य केन्द्रका स्वास्थ्य कर्मि र लगायत नेपाली सेनाको सेनाहरु सहित जम्मा ९३८ जना खोप लगाएका छ ।
२.आज सिद्दार्थ बाल तथा महिला अस्पताल बुटवलले आज साप्ताहिक सरसफाई कार्यक्रम अन्तर्गत आज मिति २०७७।१०।२३ गते शुक्रवार अस्पताल कम्पाउण्डमा सरसफाई कार्यक्रम गरियो ।
३.सि.बा.म. अस्पताल बुटवल मिति २०७७।१०।२३ गते, यस सिद्दार्थ बाल तथा महिला अस्पताल बुटवलमा स्वास्थ्य तालिम केन्द्र लुम्बिनि प्रदेश को आयोजनामा तथा Strengthening System for Better Health Activity को सहयोगमा मिति २०७७।०८।२३ गते देखि संचालन भएको २६सौ SBA तालिमको आज मिति २०७७।१०।२३ गते यस अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. राजेन्द्र प्रसाद बस्याल ज्यू को अध्यक्षता तथा स्वास्थ्य तालिम केन्द्र लुम्बिनि प्रदेशका निर्देशक श्री महेश्वर श्रेष्ठ ज्यू को प्रमुख आतित्थतामा तथा Strengthening System for Better Health Activity प्रतिनिधि श्री अनिल भट्टराईको उपस्थितिमा एक कार्यक्रमका साथ समापन भयो । यस समापन कार्यक्रम एस.बि.ए. तालिमका प्रशिक्षक मेरीना श्रेष्ठले संचालन गर्नु भएको थियो । उक्त तालिममा पाल्पाबाट २ जना, गुल्मिबाट ३ जना कपिलबस्तुबाट २ जना, नवलपरासी २ जना , रुपन्देही जिल्लाबाट २ जना र सिद्दार्थ बाल महिला अस्पतालबाट अ.न.मि. श्री सन्ध्या बि.क. सहित जम्मा १२ जना प्रशिक्षार्थीहरु सहभागी छन । यस अस्पतालबाट ४ जना नर्सिङ्ग कर्मचारीहरु प्रशिक्षक हुनुहुन्छ ।
४. लायन्स क्लब अफ बुटवलले मिति २०७७।१०।२३ गते क्लबको Childhood Cancer Awareness Program अन्तर्गत क्यान्सर सम्बन्धि सचेतना कार्यक्रम संचालन गर्नुको साथै अस्पतालमा भर्ना भएका बिरामीहरुलाई न्यानो कम्मल बितरण गर्यो । करिव ६० जना बिभिन्न वार्डमा बिरामीलाई प्रत्येकलाई एक एक वटा कम्मल वितरण गरेको थियो ।