Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2020-02-03
Expiry Date: 2020-02-10

दोस्रो लटको CoFP and Counseling तालिम सम्पन्न
आम्दा नेपाल, प्रदेश स्वास्थ्य तालिम केन्द्र, बुटवल र को समन्वयमा संचालन भएको दोस्रो लटको CoFP and Counseling तालिम सम्पन्न भएको छ  । मिति २०७६ माघ ९ गते देखि शुरु भएको तालिम माघ १६ गते सकिएको छ । तालिममा गढवा गाउँपालिका अन्तरगत गढवा स्वास्थ्य चौकी बाट मन कुमारी यादव (अ. न. मि.) र गोबरडिहा स्वास्थ्य चौकीबाट बिन्दु यादव  (अ. न. मि.) सहभागी हुनु भएको थियो ।

गैर सरकारी संस्थाहरुको बैठक
गढवा गाउँपालिका को आयोजनामा पालिका क्षेत्र भित्र काम गर्ने विभिन्न गैरसरकारी संस्था हरुको बैठक तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । बैठक मा सम्पूर्ण संघ संस्था हरुले आगामी वर्ष २०२० को लागि प्रस्तावित कार्यक्रम प्रस्तुत गरेका थिए । उक्त कार्यक्रम मा आम्दा नेपाल का कार्यक्रम प्रबन्धक राजेन्द्र रुचाल ले मातृशिशु स्वास्थ्य परियोजना ले हालसम्म गरेका गतिबिधि हरु तथा आगामी बर्ष २०२० को लागि प्रस्तावित कार्यक्रमहरु प्रस्तुत गर्नु भएको छ ।

हात्ती पईले रोग निवारण मा आम्दा को सहकार्य
गढवा गाउँ पालिका स्वास्थ्य साखा को आयोजना मा हात्ती पईले रोग बिरुद्ध आम औषधि सेवन कार्यक्रम यहि माघ २५ गते देखि शुरु हुदैछ । उक्त औषधि सेवन अभियान को लागि गाउँ पालिका स्वास्थ्य साखा द्वारा स्वास्थ्य कर्मीलाई एक दिने तालिम संचालन गरेको छ जसमा AMDA MCH Project का सामुदाईक स्वास्थ्य परिचालकले पनि सहभागिता जनाएका छन् । आम औषधि सेवन कार्यक्रममा सामुदाईक स्वास्थ्य परिचालकहरुले आबस्यक प्राबिधिक सहयोग गर्ने कार्यक्रम रहेको छ  ।

स्वास्थ्य चौकी हरुलाई Delivery Bed तथा थप सामग्री वितरण  
गढवा गाउँपालिका तथा स्वास्थ्य चौकीको माग अनुसार आम्दा MCH Project द्वारा सबै स्वास्थ्य चौकी लाइ मेडिकल उपकरण, बिध्युतिय सामग्री तथा फर्निचरका सामग्री हरु वितरण गरिसकेको छ । उक्त सामग्री हरु मध्ये Delivery Bed  परिबर्तन गरि उच्च गुणस्तर तथा आधुनिक प्रबिधि अनुसारको एक एक वटा Delivery Bed प्रत्येक स्वास्थ्य चौकी लाइ प्रदान गरिएको छ, साथै  थप सामाग्रीहरु- Foetal Dopler, Autoclave, Weighing machine पनि वितरण गरिएको छ ।

स्वास्थ्य आमा समूह को सहजीकरण मा निरन्तरता
स्वास्थ्य आमा समूह को बैठकको सहजीकरणको लागि गत हप्ता आम्दा नेपाल का सामुदायिक स्वास्थ्य परिचालक हरु द्वारा गढवा गाउँ पालिका अन्तर्गत वडा न. १ को जेठानगाउ र मलमला (२), वडा न. २ को चिमचिमे, वडा न. ३ को रतनपुर, वडा न. ४ को रामनगर, वडा न. ५ का बाकी र बोधिपुर/झाली वडा न. ६ का मनिकापुर, वडा न. ८ का कोइलाबास (खबरीनाका) मा गरि जम्मा १० स्थानका स्वास्थ्य आमा समुहहरुको बैठक तथा छलफलमा प्राबिधिक सहयोग गरेका थिए ।


खोप
क्लिनिक तथा गाउँ घर क्लिनिकमा आम्दा नेपालको प्राबिधिक सहयोग 
आम्दा नेपालका सामुदायिक परिचालकद्वारा कोइलाबास स्वास्थ्य चौकी, गंगापरस्पुर स्वास्थ्य चौकी, गोबरडिहा स्वास्थ्य चौकी र गढवा स्वास्थ्य चौकी अन्तर्गतका गाउँघर क्लिनिक र खोप क्लिनिक मा प्राबिधिक सहयोग गरेका छन् । परियोजनाका स्वास्थ्य परिचालक सुनिता चौधरी क्रमस गोबरडिहा स्वास्थ्य चौकी अन्तर्गत गोबरडिहा र
 महदेवा, त्यस्तै वर्षा पाण्डे ले गंगापरस्पुर स्वास्थ्य चौकी अन्तर्गत पर्शेनी, अनुशा यादव ले गढवा स्वास्थ्य चौकी अन्तर्गत मनिकापुर र गढवा स्वास्थ्य चौकी र राजा राम चौधरी ले कोइलाबास स्वास्थ्य चौकी अन्तर्गत खबरीनाका र गढवा स्वास्थ्य चौकी मा संचालित गाउँघर क्लिनिक तथा खोप क्लिनिकको सेवा प्रबाह मा प्राबिधिक सहयोग तथा सेवा ग्राही लाइ आबस्यक स्वास्थ्य शिक्षा प्रदान गर्नु भएको थियो ।
 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.