Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2023-01-30
Expiry Date: 2023-02-05

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौ
 
साप्ताहिक गतिविधि
 
प्रकाशन मितिः २०७९।१०।१६ गते, मंगलबार (इ.सं. २०२३ जनवरी ३०)
(अवधि वि.सं. २०७९।१०।०८ देखि २०७९।१०।१४ सम्म । ई.सं. २०२३, ०४ औं हप्ता)
 

१. बार्षिक समिक्षा बैठक सम्पन्न ।
आम्दा नेपालले सञ्चालन गर्दै आएको गोकर्णेश्वर नगरपालिका भित्र रहेका ३० देखि ६० वर्ष उमेर समुहका महिलाहरुको स्तन तथा पाठेघर मुखको क्यान्सर परिक्षण शिविर परियोजनाको बार्षिक समिक्षा बैठक दातृ संस्था, नगरपालिका, जिल्ला जनस्वास्थ कार्यालय, समाज कल्याण परिषद लगायतका प्रतिनिधिहरुको उपस्थितिमा वि.सं. २०७९ माघ १३ (तदनुसार सन् २७ जनवरी २०२३) गते शुक्रवार कार्यक्रमको वार्षिक समिक्षा ताथा आगामि वर्ष २०२३ को कार्य योजना प्रस्तुत गरि सम्पन्न भएको छ ।

२. अर्ध वार्षिक समिक्षा तथा व्यबस्थापन कार्यशाला गोष्ठी सम्पन्न ।
आम्दा नेपालले अन्तर्गत सञ्चालित अस्पताल/शैक्षिक कार्यक्रम/परियोजनाहरुको आ.व. २०७९/०८० को अर्ध वार्षिक प्रगति समिक्षा, आगामि छ महिनाको कार्ययोजना र संस्थामा कार्यान्वयनमा रहेका वा लागु गर्नुपर्ने देखिएका नीति, नियमावली, निर्देशिका कार्यविधिहरुको  संशोधन/परिष्कृत/ निर्माण लगायतका विषयमा छलफल गरि वि.सं. २०७९।१०।१४ गते आम्दा नेपालको अर्ध वार्षिक समिक्षा तथा व्यबस्थापन कार्यशाला गोष्ठि सम्पन्न भएको छ ।

३. श्रमिक आपुर्तिको सूचना प्रकाशन
आम्दा नेपाल केन्द्रिय कार्यालयमा कार्यालय सहयोगीको रुपमा कार्य गर्ने गरि केहि श्रमिकहरु आवश्यक परेकाले आधिकारीक ईजाजत प्राप्त श्रमिक आपुर्तिकर्ताबाट आवश्यक कानुनी कागजातहरु सहित प्रस्ताव पेश गर्न मिति २०७९।१०।११ गते सूचना Notice for Labour Hiring (amda.org.np) प्रकाशन गरिएको छ ।

४. लिलामिको सूचना प्रकाशन
नेपालको केन्द्रीय कार्यालयमा रहेका पुराना सवारी साधनहरू (मोटरसाईकल) लिलाम बिक्री हाल जे जस्तो अवस्थामा छन् सोही अवस्थामा लिलाम विक्रि गरिने भएकाले र्इच्छुक व्यक्ति, संस्था वा फर्महरूले सूचना रहेका शर्तहरु पुरा गरि खामबन्दि प्रस्ताव पेश गर्न मिति २०७९।१०।१० गते सूचना Notice for Auction_Office Vehicle (amda.org.np) प्रकाशन गरिएको छ ।

५. संझौता सम्पन्न
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमकको निर्माणाधिन भवनको दोस्रो तलाको निर्माण कार्य सम्पन्न गर्न मिति २०७९।१०।०९ मा आम्दा नेपाल, काठमाडौर डि.आर. कन्सट्रक्सन, मेचीनगर-१०, झापा बिच संझौता सम्पन्न भएको छ ।

६. नियमित साप्ताहिक बैठक
वि.सं. २०७९।१०।१६ गते सम्पन्न नियमित साप्ताहिक बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।
 
क. स्टोर व्यबस्थापन
केन्द्रीय कार्यालयको स्टोरमा विभिन्न परियोजनाको प्रयोजनका लागी सामान खरिद भै एकसाथ राखिने हुँदा त्यसको व्यवस्थित रिपोर्टिङ् गर्न जिम्मेवारी कर्मचारीलाइ आवश्यक तालिम दिने निर्णय गरियो ।
ख. साप्ताहिक कामको विवरण
यस हस्ता वार्षिक कार्यतालिका अनुसार निम्न काम प्राथमिकताका साथ सम्पन्न गर्न सम्वन्धित इकाइ प्रमुखहरूलाइ जानकारी गराइयो ।
१. त्रैमासिक समिक्षा ।
२. कर्मचारीको तालिम तथा क्षमता विकाश
३. नियमित मरमत संभार

 धन्यबाद ।
 
 
 
 
 
 

 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.