Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2020-01-27
Expiry Date: 2020-02-03

AMDA Nepal
Maternal and Child Health Project
Dang
Weekly News
दोस्रो लटको CoFP and Counseling तालिम सुरु
आम्दा नेपाल, प्रदेश स्वास्थ्य तालिम केन्द्र, बुटवल र SSBH को समन्वयमा संचालन गरिएको दोस्रो लटको  तालिम मिति २०७६ माघ ९ गते देखि प्रदेश स्वास्थ्य तालिम केन्द्र, बुटवलमा सुरु भएको छ । तालिममा बर्दिया अन्तरगत का स्वास्थ्य चौकीहरु बाट १० जना र दांग बाट २ जना गरि १२ जना स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको छ । दांग जिल्ला बाट गढवा गाउँपालिका अन्तरगत गढवा स्वास्थ्य चौकीमा कार्यरत अ. न. मि. बिन्दु यादव र गोबरडिहा स्वास्थ्य चौकीमा कार्यरत मन कुमारी यादव सहभागी हुनुभएको छ ।

भवन निर्माण अनुगमन समितिको  गठन
२०७६ साल माघ ६ गते गढवा गाउँपालिका  वडा न. २  कार्यलय मा आम्दा नेपाल द्वारा निर्माण गरिने सामुदायिक स्वास्थ्य इकाई भवन निर्माण सम्बन्धि छलफल को लागि बैठक संचालन भएको छ । बैठकमा आम्दा नेपालका कार्यक्रम अधिकृत रोहित मुल्मी श्रेष्ठ, सामुदायिक स्वास्थ्य परिचालिका सुनिता चौधरी तथा आम्दा माईन्डस् का इन्जिनियर नबिन अधिकारी ले सहभगीता जनाउनु भएको थियो  । बैठकमा वडा नम्बर २  को चिमचिमे मा आम्दा नेपाल द्वारा निर्माण हुन लागेको सामुदायिक स्वास्थ्य इकाइ का लागि वडा न. २ का वडा अध्यक्ष को अध्यक्षतामा  ७ सदस्यीय  अनुगमन समिति गठन गरियो । यस अनुगमन समितिले  सामुदायिक स्वास्थ्य इकाइ को निर्माण तथा बिविध गतिबिधि मा आबस्यक सहयोग तथा निरन्तर अनुगमन गर्ने भनि  सर्वसम्बत बाट निर्णय गरिएको छ ।

स्वास्थ्य आमा समूह को बैठकको सहजीकरण
स्वास्थ्य आमा समूह को बैठकको सहजीकरणको लागि गत हप्ता आम्दा नेपाल का सामुदायिक स्वास्थ्य परिचालक हरु द्वारा गढवा गाउँ पालिका अन्तर्गत वडा न. १ का जेठानगाँउ, पत्रिगां, चिसापानी र रङसिङ्ग, वडा न. २ का कोठरी (२), बाघमरुवा, पचाहिया र घुस्रा, वडा न. ३ को धैरेनी, वडा न. ४ को प्ररस्पुर, वडा न. ५ का पर्सिया, खजुरौता, सोनपुरुवा, मगहर र कक्रहवा, वडा न. ६ को प्रगतिनगर, वडा न. ७ को सेमरी र वडा न. ८ कोइलाबास का अन्तरखाल, नयाँबजार र जानकीटोल मा गरि जम्मा २१ स्थानका स्वास्थ्य आमा समुहहरुको बैठक तथा छलफलमा प्राबिधिक सहयोग गरेका थिए ।

खोप क्लिनिक तथा गाउँ घर क्लिनिकमा आम्दा नेपालको प्राबिधिक सहयोग 
आम्दा नेपालका सामुदायिक परिचालकद्वारा गढवा स्वास्थ्य चौकी, गंगापरस्पुर स्वास्थ्य चौकी, गोबरडिहा स्वास्थ्य चौकी र कोइलाबास स्वास्थ्य चौकी अन्तर्गतका गाउँघर क्लिनिक र खोप क्लिनिक मा प्राबिधिक सहयोग गरेका छन् । परियोजनाका स्वास्थ्य परिचालक सुनिता चौधरी क्रमस गोबरडिहा 
स्वास्थ्य चौकी अन्तर्गत महदेवा, अनुशा यादव ले गंगापरस्पुर स्वास्थ्य चौकी, बर्षा पाण्डे ले गोबरडिहा स्वास्थ्य चौकी र गंगापरस्पुर स्वास्थ्य चौकी अन्तर्गत रामनगर र राजाराम चौधरी ले गढवा स्वास्थ्य चौकी अन्तर्गत झार्बैरा तथा कोइलाबास स्वास्थ्य चौकी अन्तर्गत मुसिनाका 
मा संचालित गाउँघर क्लिनिक तथा खोप क्लिनिकको सेवा प्रबाह मा प्राबिधिक सहयोग तथा सेवा ग्राही लाइ आबस्यक स्वास्थ्य शिक्षा प्रदान गर्नु भएको थियो ।
 
 
 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.