Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2021-01-25
Expiry Date: 2021-01-31

Weekly News (W03_20210125_103_SCWH )  (20771004-20771012)
 
सि.बा.म. अस्पताल बुटवल मिति २०७७।१०।०९ गते,
१.आज सिद्दार्थ बाल तथा महिला अस्पताल बुटवलले आज साप्ताहिक सरसफाई कार्यक्रम सम्पन्न भयो । सरसफाई कार्यक्रममा यस अस्पतालमा कार्यरत करिव ३० जना कर्मचारीहरुको सहभागिता रहेको थियो । 

२.आज सिद्दार्थ बाल तथा महिला अस्पताल बुटवलले आज २०७७ साल पौष  महिनामा अस्पतालमा भर्ना भएको बिरामीको 3rd Perinatal Review अस्पतालमा कार्यरत चिकित्सकहरु वीच एक कार्यक्रमका साथ सम्पन्न भयो । यस अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. राजेन्द्र प्रसाद बस्याल ज्यू ले एक कार्यक्रम वीच कार्यक्रमको शुरुवात गर्नु भयो । यस Perinatal Review डा. अरुण पोखरेल र डा. सन्तोष पोख्रलले सहजीकरण तथा प्रस्तुतिकरण गर्नु भएको थियो । त्यस्तै गरी audit on case presented on labor room for the month Paush 2077 को प्रस्तुतिकरण मेडिकल अधिकृत डा. अनमोलबन्धु कार्कीले गर्नु भयो ।  यस कार्यक्रममा अस्पतालमा कार्यरत सम्पूर्ण चिकित्सकहरुको उपस्थिति भएको छ ।

३. नेपाल सरकार राष्ट्रिय तालिम केन्द्र, सिविन नेपाल, कान्ति बाल अस्पताल, युनिसेफ नेपालको  सहयोगमा Rotary E-Club of Medicofusion Hybrid Nepal को आयोजनामा माहामारीको समयमा अग्रपङ्ती काम गर्ने नर्सिङ्ग कर्मचारीहरुलाई पहिलो चरणमा मिति  २०७७।०९।२२ गते  र दोश्रो चरणमा मिति २०७७।१०।०९ गते प्यारामेडिक्स कर्मचारीहरुलाई  “तनाव पहिचान र ब्यबस्थापन तालिम” (Stress Management for Frontline Health Workers)   सम्पन्न भयो । दैनिक रुपमा अग्रपङ्ती काम गर्ने नर्सिङ्ग तथा प्यारामेडिक्स कर्मचारीहरुलाई सामाजिक तथा पारिवारिक प्रभाव मात्र नभै कार्यस्थल मै धेरै तनाव हुने भएकोले त्यसको ब्यबस्थापनको लागी तालिम दिईएको क्लबका अध्यक्ष रोटरियन डा. सन्तोष पोख्रेलले जानकारी गराउनु भयो । यस कार्यक्रममा सहजकर्ताको रुपमा प्रशिक्षक डा. बिक्रम काफ्लेका अनुसार आफुलाई मात्र नभई आफ्नो सहकर्मीहरुलाई पनि तनाव भए कसरी सहयोग गर्न भन्ने बारेमा पनि तालिममा सिकाउनु भएको थियो ।




 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.