Published Date: 2024-01-07
Expiry Date: 2024-01-13
आम्दा नेपाल
सिद्धार्थ बाल तथा महिला अस्पताल
बुटवल-७, दीपनगर, रूपन्देही
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८०।१०।०२ गते, मंगलवार
अवधिः वि.सं. २०८०।०९।२२ देखि २०८०।०९।२८ गते सम्म (ई.सं. २०२४, ०२औं हप्ता) ।
साप्ताहिक अंक: ०२/२०२४
१. CMIMCI सम्बन्धी तालिममा सहभागिता
स्वास्थ्य कार्यालय, रूपन्देहीले २०८०/०९/२२ देखि २७ गतेसम्म लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा संचालन गरेको Community Based Integrated Management of Childhood Illness (CMIMCI) सम्बन्धी तालिममा आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पतालबाट डा. निशा पौडेल सहभागी हुनुभयो ।
२. Neonatal Hearing Screening सम्बन्धी अभिमुखीकरण (CME)
सिद्धार्थ बाल तथा महिला अस्पतालमा कार्यरत चिकित्सकहरूलाई मिति २०८०/०९/२५ गतेका दिन Neonatal Hearing Screening सम्बन्धी अभिमुखीकरण सम्पन्न भयो । Hearing विशेषज्ञ विद्वान भुषालले प्रस्तुतीकरण गर्नुभएको अभिमुखीकरणमा बालबालिकामा हुने सुनाइको समस्या निदान गर्नुका साथै सोको उपलब्ध उपचार सम्बन्धमा जानकारी प्राप्त भयो ।
३. विभागीय प्रमुखहरूको साप्ताहिक बैठक
प्रत्येक आइतवार दिउँसो २:३० बजे बस्ने विभागीय प्रमुखहरूको साप्ताहिक बैठक मिति २०८०/०९/२२ गतेका दिन बस्यो । बैठकमा सबै विभागीय प्रमुखहरूले सप्ताहभर आ-आफ्नो विभागमा भए गरेका गतिविधि र प्रस्तुतीकरण गर्नुका साथै देखिएका समस्याहरू समेत साझा गर्नुभयो र सामूहिक रूपमा समाधानका विकल्पहरूका सम्बन्धमा छलफल भयो ।
धन्यवाद !