Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2025-01-06
Expiry Date: 2025-01-11

आम्दा नेपाल
सिद्धार्थ बाल तथा महिला अस्पताल
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान,बुटवल
साप्ताहिक गतिविधि
 
प्रकाशन मितिः २०८१।०९।२२ गते, सोमवार
अवधिः वि.सं. २०८१।०९।०८ देखि २०८१।०९।१४ गते सम्म (ई.सं. २०२५, ०१ हप्ता)
साप्ताहिक अंक: ०१/२०२५


१. खेल सप्ताह :
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान बुटवलमा मिति २०८१.०९.१४ गते देखि २०८१.०९.१८ गते     सम्म विधार्थीहरुको अतिरिक्त क्रियाकलप अन्तर्गत खेल सप्ताह सपन्न भयो | खेल सप्ताहमा विधार्थीहरुको उल्लेखनिय सहभागिता रहेको थियो | चार ग्रुपमा विभाजन गरेर खेलिएका विभिन्न खेलमा मुन ग्रुपले सबै भन्दा उत्कृस्ट प्रदर्शन गरेको थियो | विजेता तथा उपविजेता विधार्थीहरुलाई २०८१.०९.१९ गते प्रमाणप्रत्र तथा मेडल प्रदान गरि सम्मान गरियो |
 
२. सपथ तथा स्वागत कार्यक्रम :
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान बुटवलमा मिति २०८१.०९.१९ गतेका दिन नर्सिंग पहिलो बर्षका नयाँ विधार्थीहरुको सपथ ग्रहण कार्यक्रम तथा प्रथम व्याचका विधार्थीहरुबाट  दोश्रो व्याचका नंया विधार्थीहरुलाई स्वागत कार्यक्रम भव्यताका साथ सपन्न भयो | उक्त स्वागत कार्यक्रममा प्रमुख अतिथि  प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद लुम्बिनी प्रदेश का निर्देशक श्री यादव सुबेदी तथा डा. बिनोद पराजुली, मेट्रोन युनिभर्सल मेडिकल कलेज, नर्सिंग अधिकृत लुम्बिनी प्रादेशिक अस्पताल लगायत अस्पतालबाट धेरै कर्मचारीहरुको सहभागिता रहेको थियो | विधार्थीहरुले  विभिन्न भेष भूषामा सजिएर सास्कृतिक  कार्यक्रम संचालन गरेका थिए भने उक्त कार्यक्रममा सभापतित्व नर्सिंग  पहिलो व्याचका विधार्थी श्री दिव्यता मल्लले गर्नु भएको थियो |

३. हिउँदे (जाडो) बिदा  :
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान बुटवलमा मिति २०८१.०९.२१ गतेबाट २ हप्ताका लागि  हिउँदे जाडो विदा शुरु भएको छ |
सपथ तथा स्वागत कार्यक्रमका केहि झलकहरु
 
 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.