Published Date: 2025-01-06
Expiry Date: 2025-01-11
आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाडौं
साप्ताहिक गतिविधि
साप्ताहिक अंक: ०१/२०२५
प्रकाशन मितिः २०८१।०९।२२ गते, सोमबार
अवधिः वि.सं. २०८१।०९।१४ देखि वि.सं. २०८१।०९।२० गते सम्म ।
१. दरभाउ प्रस्ताव आव्ह्रानको सुचना प्रकाशन ।
केन्द्रिय कार्यालयको प्रयोजनको लागी मसलन्द सरसामान खरिद गर्न दरभाउ प्रस्ताव आव्ह्रानको सुचना नं. १०६५१ प्रकाशन गरिएको छ ।
२. वायोमेट्रिक हाजिरी ।
आम्दा नेपालले सञ्चालन गर्दै आएको USAID Sustainable HIV Epidemic Control परियोजनामा वायोमेट्रिक हाजिरी लागु गर्न आवश्यक व्यवस्था मिलाइएको छ ।
३. पदपूर्तिको नतिजा प्रकाशन ।
सिबाम अस्पतालमा रिक्त केही पद पदपूर्तिका लागी वि.सं. २०८१।०९।१६ गते अन्तिम नजिजा सुचना नं. १०६५४ प्रकाशन गरिएको छ ।
४. स्थानिय यातायातको दर प्रमाणित ।
काठमाण्डौं उपत्यका भित्र कार्यालय प्रयोजनको लागी ट्याक्सी प्रयोग गर्दा शोधभर्ना गर्न सकिने रकमको सिमा निर्धारण गरिएको (टि.नं. १०६६३) छ । यसबाट एउटै रूटमा यात्रा गर्दा फरक फरक रकम दावी र भुक्तानीको सिकायत नरहने विश्वास लिइएको छ ।
५. कार्यक्रम अधिकृतको जिम्मेवारीमा कर्मचारी नियुक्त ।
आम्दा नेपालमा रिक्त कार्यक्रम अधिकृत पदमा श्री समी भण्डारी नियुक्त भइ वि.सं. २०८१।०९,१९ गते बाट हाजिर हुनुभएको छ ।
६. सम्वन्धन प्राप्त कार्यक्रमको प्रमाणीकरण ।
आम्दा नेपालले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को को सम्वन्धमा सञ्चालन गर्दै आएका कार्यक्रमहरूको प्रमाणीकरणका लागी वि.सं. २०८१।०९।१७ गतेको पत्र मार्फत अनुरोध गरिएको छ ।
७. नियमित साप्ताहिक बैठक ।
बि.स. २०८१।०९।२२ गते सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।
क. वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू ।
क्र.सं. |
कामको विवरण |
जिम्मेवारी र समयतालिका |
१ |
भौतिक परिक्षण तथा खुदगन्तिः
- कार्यविधि अध्यावधिक गर्ने ।
- भौतिक परिक्षण तथा खुदगन्ति टोली गठन गर्ने ।
- मरमत कार्ययोजना तयारी गर्ने ।
- काम नलाग्ने सरसामानहरूको व्यवस्थापन गर्ने ।
- अघिल्लो वर्ष र यस वर्षको सरसामानहरूको सुची रूजु गर्ने ।
- नयाँ खरिद भएका सरसामानहरूको लगत कायम गर्ने ।
- अनुदानमा प्राप्त सरसामानको सुची अध्यावधिक गर्ने ।
- दाताहरूलार्इ धन्यवाद पत्र प्रदान गर्ने ।
|
कार्यक्रम
२०८११००१ |
२ |
अनुगमन मूल्याङ्कनः
- अनुगमन मूल्याङ्कन नीति तथा कार्यविधि अध्यावधिक गर्ने ।
- इकाइगत काम तथा जिम्मेवारीको कार्यसम्पादन सुचक तयार गर्ने ।
- परियोजनागत काम तथा जिम्मेवारीको कार्यसम्पादन सुचक तयार गर्ने ।
- वार्षिक कार्ययोजना तयारी र रूजू गर्ने ।
- अनुगमन मूल्याङ्कन योजना प्रणालीमा प्रविष्ठ गर्ने ।
|
सम्वन्धित इकाइ
२०८११००१ |
३ |
विमाः
- विमा नीति संशोधनका लागी आवश्यक छलफल गर्ने ।
- विमा कार्यविधि अध्यावधिक गर्ने ।
- विमालेखको विवरण तयार गरी अध्यावधिक गर्ने ।
- पछिल्लो अवधिमा भएको बिमा दाबी र फस्र्यौट अवस्था रूजु गर्ने र विवरण तयार गर्ने ।
|
प्रशासन
२०८११००१ |
ख. बैठकको निर्णय ।
क्र.सं. |
निर्णय सारांश |
जिम्मेवारी र समयतालिका |
१ |
बढुवाको सुचना प्रकाशनः
वढुवा समितिको वि.सं. गतेको निर्णयानुसार कर्मचारी बढुवाका लागी सुचना प्रकाशन गर्ने । |
|
२ |
लिलामीको सुचना प्रकाशनः
कार्यालय प्रयोजनका लागी कुनै दूइ मोटरसाइकल वाहेक अन्य मोटरसाइकल तथा स्कुटरहरू लिलाम गर्न आवश्यक व्यवस्था गर्ने । |
|