Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2024-01-08
Expiry Date: 2024-01-13

आम्दा नेपाल
सिद्धार्थ बाल तथा महिला अस्पताल
बुटवल-७, दीपनगर, रूपन्देही
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८०।०९।२३ गते, सोमवार
अवधिः वि.सं. २०८०।०९।१५ देखि २०८०।०९।२१ गते सम्म (ई.सं. २०२४, ०१औं हप्ता) ।
साप्ताहिक अंक: ०१/२०२४
 
१. सामाजिक सुरक्षा कोषको स्वास्थ्य कार्यक्रम संचालन ।
आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल, बुटवलमा सामाजिक सुरक्षा कोषमा आवद्ध योगदानकर्ताहरुलाई स्वास्थ्य परिक्षण सेवा शुभारम्भ गरिएको छ । यस सम्बन्धी सेवालाई प्रभावकारी बनाउनका लागि श्री राजेश अधिकारीलाई focal person तोक्नुका साथै यस सम्बन्धि जानकारीको बोर्ड बनाइ अस्पताल परिषरमा राखिएको छ ।
 
२. Maternal and Perinatal Death Surveillance and Response (MPDSR) बैठक ।
सिद्धार्थ बाल तथा महिला अस्पतालमा भएका बाल तथा मातृमृत्युका सम्बन्धमा स्वास्थ्य कार्यालय रूपन्देहीका वरिष्ठ प्रशासकीय अधिकृत एवं सि.बा.म. अस्पतालका मे.सु. डा. राजेन्द्र प्रसाद बस्यालज्यूको समुपस्थितिमा मिति २०८०/०९/१६ गतेका दिन MPDSR बैठक बस्यो । उक्त बाल तथा मातृमृत्युको उपचारमा संलग्न चिकित्सक एवं स्वास्थ्यकर्मी तथा प्रशासनिक कर्मचारीको उपस्थितिमा सम्पन्न बैठकमा उक्त घटनाहरूको समीक्षा एवं आगामी दिनमा अपनाउनुपर्ने सतर्कता सम्बन्धमा वृहत छलफल भयो । यसका साथै प्रेषण प्रणाली (Referral) लाई थप प्रभावकारी बनाउनका लागि सबै स्वास्थ्य संस्थामा सि.बा.म. अस्पताल समेतको विवरण राखि फ्लेक्स राख्ने तयारी भएको जानकारी भयो ।
 
३. शैक्षिक संस्थाको अध्ययनका लागि पाल्पा भ्रमण ।
सिद्धार्थ बाल तथा महिला अस्पतालद्वारा संचालित ‘आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान’ लाई प्रभावकारी रूपले संचालन गर्नका लागि वि.सं.२०५६ देखि संचालित भई उदाहरणीय शैक्षिक संस्थाको रूपमा परिचित पाल्पा स्थित ‘तानसेन स्कूल अफ हेल्थ साइन्स’ को अध्ययनका लागि मे.सु. डा. राजेन्द्र प्रसाद बस्यालज्यूको नेतृत्वमा एक टोलि मिति २०८०/०९/१८ का दिन पाल्पा गयो । मेट्रोन सुशीला विश्वकर्मा, प्रशासक खगेन्द्र क्षेत्री, प्रधानाध्यापक सरिता रावल तथा अधिकृत ज्ञानेन्द्र शर्मा सम्मिलित टोलीले शैक्षिक क्रियाकलापको अवलोकन गर्नुका साथै  ‘तानसेन स्कूल अफ हेल्थ साइन्स’ का प्रधानाध्यापक लगायत व्यवस्थापकीय समूहसंग छलफल गरेको थियो ।
 
४. स्वास्थ्य शिविरमा प्राविधिक सहयोगका लागि सहभागिता
बि. सं. २०८०।०९।२१ गतेका दिन मायादेवी गा.पा., कम्हरिया तथा बुटवल उ.म.न.पा.-१८, सेमलारमा आयोजित स्वास्थ्य शिविरहरूमा सिद्धार्थ बाल तथा महिला अस्पतालबाट प्राविधिक टोलि सहितको सहभागिता भयो । लायनेस क्लब अफ बुटवलद्वारा कम्हरियामा आयोजित शिविरमा डा. निशा पौडेल, ज्ञानु कार्की तथा श्रीकान्त सुवेदी सम्मिलित टोली सहभागी भयो भने लायन्स क्लब अफ बुटवल सिद्धार्थद्वारा सेमलारमा आयोजित  शिविरमा डा. सर्वेशमान श्रेष्ठ र  श्रीकान्त सुवेदी सम्मिलित टोली सहभागी भयो ।
 
. विभागीय प्रमुखहरूको साप्ताहिक बैठक
प्रत्येक आइतवार दिउँसो २:३० बजे बस्ने विभागीय प्रमुखहरूको साप्ताहिक बैठक मिति २०८०/०९/१५ गतेका दिन बस्यो । बैठकमा सबै विभागीय प्रमुखहरूले सप्ताहभर आ-आफ्नो विभागमा भए गरेका गतिविधि र प्रस्तुतीकरण गर्नुका साथै देखिएका समस्याहरू समेत साझा गर्नुभयो  र सामूहिक रूपमा समाधानका विकल्पहरूका सम्बन्धमा छलफल भयो ।
 
धन्यवाद !

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.