Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2023-12-31
Expiry Date: 2024-01-06

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं 
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८०।०९।२३ गते, सोमवार
अवधिः वि.सं. २०८०।०९।१५ देखि २०८०।०९।२१ गते सम्म (ई.सं. २०२४, ०१औं हप्ता) ।
साप्ताहिक अंक: ०१/२०२४
 

१. सामाजिक सुरक्षा कोषको स्वास्थ्य कार्यक्रम ।
आम्दा नेपालव्दारा सञ्चालित तिन वटै अस्पतालहरु आम्दा मेची अस्पताल, धुलावारी, आम्दा अस्पताल, दमक र आम्दा सिद्दार्थ वाल तथा महिला अस्पताल, बुटवलमा सामाजिक सुरक्षा कोषमा आवद्द योगदानकर्ताहरुको स्वास्थ्य परिक्षण शुभारम्भ गरिएको छ ।

२. कार्यविधि तयार ।
आम्दा नेपालको प्रयोजनका लागी कार्यविधिहरूमध्ये निम्न कार्यविधिहरूको समयानूकुल संशोधनका लागी तयार भई स्विकृतिको चरणमा रहेको छ । ३. पदपुर्तिको सूचना प्रकाशित ।
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमक तथा आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, बुटवलको प्रयोजनका लागी आवश्यक अधिकृत (प्रशिक्षक) र प्रशासन/लेखा सहायक पदमा पदपुर्ति गर्ने वि.सं. २०८०।०९।२० गते सार्वजनिक सूचना प्रकाशित गरिएको छ ।

३. संस्थाको पुर्व मुल्याङ्कन  ।
आम्दा नेपालको दातृ संस्था UNHCR ले आम्दा नेपालको ICA (Internal Controls Assessment) का लागि गरेका प्रश्नावलीहरुको स-प्रमाण उत्तर दिने कार्य सम्पन्न भएको छ ।
 

४. नियमित साप्ताहिक बैठक
    बि. सं. २०८०।०९।२३ गते सम्पन्न नियमित साप्ताहिक बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।
क. अघिल्लो बैठकको समिक्षा ।
आम्दा नेपाल केन्द्रिय कार्यालयको गतहप्ताको कार्यहरुको प्रगति विवरणको यस बैठकमा समिक्षा गरियो ।
क्र.सं. कामको विवरण समयतालिका र जिम्मेवारी प्रगति विवरण
आन्तरिक तालिमः
आम्दा नेपाल मातहत कार्यरत कर्मचारीहरूलाइ संस्थाको तालिका कार्यविधिका आधारमा आधारभुत एवं पुर्नताजगी तालिमहरूको क्रमश सञ्चालन गर्ने व्यवस्था गर्ने । प्रथम चरणमा मध्यस्तरका कर्मचारी एवं सहयोगी कर्मचारीहरूका लागी आधारभुत तालिम सञ्चालन गर्ने ।
  • मध्यस्तरका कर्मचारीहरूका लागी श्री उमेश प्रसाद आचार्य र रश्मी पुतुवार
  • सहयोगी कर्मचारीहरूका लागी अच्युत सापकोटा
 
डिजिटल बैकिङ् सेवाः
आम्दा नेपालको आर्थिक कारोवारलाइ डिजिटल माध्यमवाट गर्ने व्यवस्था कायम गर्न आवश्यक नीति एवं व्यवस्थापन तयारी गर्ने । प्रस्तावित योजना, आम्दा नेपालको आगामी व्यवस्थापन कार्यशालामा छलफल गर्ने गरी सरोकारवालाहरूलाइ पूर्व जानकारी गराउने ।
  • नीतिः उमेश प्रसाद आचार्य
  • व्यवस्थापनः रश्मी
पुतुवार, रामबाबु देव
 
कार्य समितिको निर्णयानुसार गर्ने ।
श्रम परिक्षणः
प्रचलित कानून एवं आम्दा नेपालको श्रम परिक्षण कार्यविधि तथा अभ्यासका आधारमा श्रम परिक्षण सम्पन्न गर्ने
अच्युत सापकोटा

२०८००९१५

सामाजिक परिक्षणः
प्रचलित कानून एवं आम्दा नेपालको सामाजिक परिक्षण कार्यविधि तथा अभ्यासका आधारमा सामाजिक परिक्षण सम्पन्न गर्ने ।
अच्युत सापकोटा

२०८००७१५

आम्दा नेपालका फारमहरुको ढाँचालाई अन्तिम रुप दिई आम्दा नेपालको वेवसाईटमा राख्ने र समान प्रकृतिको काम सम्पुर्ण कार्यालयहरुले सोहि ढाँचा अनिवार्य रुपमा प्रयोग गर्न पत्राचार गर्ने । सुदेश रेग्मी

 

अस्पतालहरुको अघिल्लो पटक नविकरण हुदाँको समयमा तोकिएका शर्तहरुको प्रगति विवरण माग गर्ने । उमेश आचार्य

२०८००९१३

योजना, कार्यक्रम अनुरुपको वार्षिक क्यालेन्डर तयार गर्ने । उमेश आचार्य

 

अनुगमान निरक्षणः आम्दा नेपाल अन्तर्गत सञ्चालित कार्यक्रमहरुको नियमित व्यबस्थापनको अनुगमन गर्ने । सुदेश रेग्मी

 

विमा अध्यावधिकः आम्दा नेपालमा कार्यरत कर्मचारी तथा संस्थाको सम्पत्तिको आवश्यकता अनुसार विमा अध्यावधिक गर्ने । पुण्यलाल महत्तो

 

१० नागरिक वडा पत्रः सञ्चालित कार्यक्रमहरुले प्रकाशन गरेका नागरिक वडा पत्रहरुलाई आम्दा नेपालको वेवसाईटमा प्रकाशन गर्ने व्यबस्था मिलाउने । उमेश आचार्य

सम्बन्धित कार्यालयहरुलाई अनुरोध गरिएको ।

११ संझौता र समझदारीहरु अध्यावधिकः आम्दा नेपालले विभिन्न दातृ संस्था, स्थानिय वा आपुर्तिकर्ताहरु सँग गरेका समझदारी तथा संझौताहरु अध्यावधिक गर्ने । अच्युत सापकोटा

 

१२ ढाँचा लागु गर्नेः आम्दा नेपालका नीतिनियम, कार्यविधिमा रहेका विभिन्न ढाँचाहरु अध्यावधिक भए बमोजिम प्रयोगमा ल्याउने र सोहि बमोजिमको जिम्मेवारी सम्बन्धित युनिटलाई हुने व्यबस्था कायम गर्ने । उमेश आचार्य

 

१३ असुल उपर गर्नेः आम्दा नेपालले अवकाश दिएको पुर्व कर्मचारी श्री तारा थापाको नाममा रहेको दायित्व ३० दिन भित्र फरफारक गर्न प्रत्राचार गर्ने र समयमा फरफारक हुन नसकेमा कानुनी उपचारमा जान कार्य समितिमा शिफारिस गर्ने । अच्युत सापकोटा

 

 
 ख. 
वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू
क्र.सं. कामको विवरण जिम्मेवारी समय तालिका
भौतिक परिक्षणः आम्दा नेपाल अन्तर्गत सञ्चालित संपुर्ण कार्यक्रमहरुको वि.सं. २०८० पुस मसान्त सम्मको भौतिक परिक्षण गरी प्रतिवेदन पेश गर्न पत्राचार गर्ने  । उमेश आचार्य

 

आन्तरिक परिक्षणः आम्दा नेपाल अन्तर्गत सञ्चालित अस्पताल/परियोजन/शैक्षिक कार्यक्रमहरुको व्यबस्थापन तथा लेखाको अन्तरिक परिक्षण गर्न आवश्यक व्यबस्था मिलाउने । रश्मी पुतुवार

 

 
ग. बैठकको निर्णय
क्र.सं. निर्णय सारांश जिम्मेवारी समयतालिका
भौतिक परिक्षण गर्नेः आम्दा नेपाल अन्तर्गत सञ्चालित अस्पताल/परियोजन/शैक्षिक कार्यक्रमहरुको वि.सं. २०८० पुस मसान्त सम्मको भौतिक परिक्षण गर्न सम्बन्धित कार्यालयहरुलाई पत्राचार गर्नुको साथै केन्द्रिय कार्यालयको भौतिक परिक्षण गर्न श्री रश्मी पुतुवारको संयोजकत्वमा तिन सदस्यिय समिति गठन गर्ने ।
  • श्री रश्मी पुतुवार
  • श्री पार्वती भट्ट
  • श्री विष्णु अधिकारी
 
रश्मी पुतुवार

 

विद्धुत लाईन विस्तार गर्नेः आम्दा नेपालको हाल कायम रहेको ७.५ केभीए विद्धुत लाईनलाई थ्रिफेज लाईन गर्न, स्विच बोर्ड बनाउन, चेन्जओभर राख्न लाग्ने खर्च सभाहल निर्माणमा लाग्ने अनुमानित खर्चको बचतबाट गर्ने । उमेश आचार्य

 

आन्तरिक परिक्षणः आम्दा नेपाल अन्तर्गत सञ्चालित अस्पताल/परियोजन/शैक्षिक कार्यक्रमहरुको व्यबस्थापन तथा लेखाको अन्तरिक परिक्षण गर्न आवश्यक व्यबस्था गर्ने । रश्मी पुतुवार

 

विज्ञापन गर्न चेकलिष्ट तयार गर्नेः आम्दा नेपालले कर्मचारी पदपुर्ति गर्न विज्ञापन सार्वजनिक गर्नु पुर्व स्विकृतीका लगी विज्ञापन चेकलिष्ट तयार गर्ने । अच्युत सापकोटा

 

पद बमोजिमको कार्य विभाजनः आम्दा नेपालका विभिन्न कार्यक्रममा महत्वपुर्ण पदमा कार्यरत कर्मचारी/पदाधिकारीहरुको कार्य विभाजनलाई अझ स्पष्ट गर्ने । रश्मी पुतुवार
उमेश आचार्य

 


धन्यबाद!
 
 
 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.