Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2023-01-11
Expiry Date: 2023-01-15

आम्दा नेपाल
आम्दा अस्पताल
खरखरे, दमक, झापा
 
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०७९।०९।२५ गते
(अवधि वि.सं. २०७९।०९।१८ देखि २०७९।०९।२५ सम्म । इ.सं. २०२३, पहिलो हप्ता)
१. गोस्टि सहभागी पठाइएको बारे ।
श्री स्वास्थ्य निर्देशनालय, प्रदेश नं १ धनकुटा परिवार कल्याण महाशाखाको नेतृत्वमा मिति २०७९/०९/२१ गते बिराटनगरमा संचालन हुने MPDR BF-APEA Kick off गोष्ठीमा यस आम्दा अस्पताल, दमकबाट डा. प्रकाश शर्मा (मे.शु.), पुनम गौरो (मेट्रोन), टिका सुबेदी, नर्सिङ अधिकृत), पुनिता दाहाल (स्टाफ नर्स) ले कार्यक्रममा उपस्थिति जनाउनु भयो, उक्त कार्यक्रम बाट आम्दा अस्पतालको स्तर उन्नति गर्न को लागी थप हौसला मिल्ने अस्पताल प्रमुख डा. प्रकाश शर्माले जानकारी दिनुभयो ।
२. अस्पतालमा नयाँ OPD Registration Desk निर्माण ।
आम्दा अस्पताल, दमकमा नया OPD Registration Desk आबस्यक भई नया भबन निर्माण कार्य तथा बर्खाको समयमा पानीको निकाशको लागी ढल निकाश निर्माण सम्पन्न भएको छ ।
३. SBA-Skill Birth Attendance 58th Batch Training सम्पन्न ।
आम्दा अस्पताल दमकमा संचालन हुने SBA-Skill Birth Attendance को ५८ औ batch तालिम सम्पन्न भएको छ उक्त तालिम कार्यक्रममा विभिन्न सरकारी तथा गैर सरकारी अस्पतालहरु बाट अस्पतालका ANM तथा Staff Nurse हरुले तालिममा सहभागीता जनाउनु भएको थियो l
 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.