१.प्रबन्ध समितिको बैठक सम्पन्न
मिति २०७५।११।१२ गते आम्दा नेपाल प्रबन्ध समितिको बैठक सम्पन्न भयो । प्रबन्ध समितिको बैठकमा देहाय बमोजिम निर्णयहरू गरियो ।
आम्दा नेपालको ५५ औं साधारण सभाको सम्बन्धमा छलफल गरि प्रस्तावित मिति सिफारिस गरियो ।
आम्दा नेपालको स्थापना दिवस फागुन २० को उपलक्ष्यमा आम्दा नेपाल केन्द्रीय कार्यलय लगायत मातहत कार्यालयहरूले समेत निम्न बमोजिमका कार्यक्रमहरू संचालन गरि मनाउने ।
एक दिन ओपिडि/ आकस्मिक सेवा निःशुल्क प्रदान
नयाँ सेवाको शुभारम्भ
स्थानीयस्तरमा उत्कृष्ट कर्मचारीलार्इ पुरस्कृत गर्ने
अस्पतालमा भर्ना भएका बिरामीहरूलार्इ फलफूल बितरण
मिति २०७५।१०।०७ मा प्रकाशित बिज्ञापन (००६२८२) अनुरूप आम्दा नेपाल पदपूर्ति सिमितिको निर्णयानुसार मिति २०७५।११।०१ च.नं.६३२४ को कर्मचारी छनौटको नतिजा प्रकाशन गरिएको जानकारी गरियो।
कार्यक्रम प्रबन्धक, राजेन्द्र रूचाल
कार्यक्रम अधिकृत, दीक्षा शर्मा
बित्त प्रशासन अधिकृत, सुदन वली
सिबाम अस्पतालमा Colposcopy र Cryotherapy सेवा संचालन बापत संलग्न चिकित्सकहरूलार्इ प्रोत्साहन भत्ता दिने स्वीकृति सम्बन्धमा प्रदान गरिने प्रत्येक सेवाहरूको न्यूनतम संख्या निर्धारण गरि सो न्यूनतम संख्या भन्दा अधिक भएको अवस्थामा भत्ता प्रदान गर्न सकिने गरि आवश्यक व्यवस्था मिलाउन जानकारी दिने निर्णय गरियो ।
आम्दा अस्पतालबाट सूचीदर्ताका लागि रीतपूर्वक प्राप्त जम्मा १३ वटा आपुर्तिकर्ताहरू सूचीदर्ताका निमित्त अध्यावधिक गरिएको जानकारी गरियो ।
आम्दा माइण्डस् को सहयोगमा दाङ्गको गढवा गाँउपालिकामा आम्दा नेपालले संचालन गर्ने मातृशिशु परियोजनाको आम्दा माइण्डस् र जापान दुतावासबीच मिति २०७५।११।०३ मा सम्पन्न संझौता समारोहमा आम्दा नेपालका पदाधीकारिहरू र कर्मचारीहरू सहभागिता भएको जानकारी गरियो।