Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2019-06-17
Expiry Date: 2019-06-30

मितिः २०७६।०३।०२
साप्ताहिक समाचार (२०७६।०२।२७ देखि २०७६।०३।०१ सम्म)

१. मातृशिशु स्वास्थ्य परियोजनाको त्रैमासिक समिक्षा र योजना गोष्ठी ।
प्रदेश नं. ५ अन्तरगत दाङ् जिल्लाको गढवा गाउँपालिका क्षेत्रमा सञ्चालित मातृशिशु स्वास्थ्य परियोजनाको दूइ दिने त्रैमासिक समिक्षा गोष्ठी मिति २०७६ जेठ २९ गते सम्पन्न भएको छ । आम्दा नेपाल अन्तरगत सन् १ मार्च २०१९ देखि सञ्चालित उक्त परियोजनाको प्रथम तीन महिनामा विशेषत दोश्रो आधारभुत सर्भेक्षण सम्पन्न गरिएकोमा सर्भेक्षणबाट प्राप्त तथ्यका आधारमा परियोजनाका कार्यक्रम तयार गर्ने काम भएको छ । प्रथम त्रैमासिक समिक्षा तथा योजना गोष्ठीमा आम्दा नेपालबाट परियोजना संयोजक डा. ऋषिकेश नारायण श्रेष्ठ, मुख्य प्रशासक सुदेश रेग्मी, प्रशासकउमेश प्रसाद आचार्य, वित्त नियन्त्रक अन्जना कोइराला, परियोजना प्रवन्धक राजेन्द्र रूचाल, कार्यक्रम अधिकृत दिक्षा शर्मा सहभागी हुनुहुन्थ्यो । आम्दा माइन्डसको कार्यालयमा सञ्चालित उक्त समिक्षा गोष्ठीमा आम्दा माइन्डसका मुख्य पदाधिकारीहरू समेतको सहभागिता रहेको थियो ।
२. प्रवन्ध समिति बैठक
मिति २०७६।०२।२९ गते आम्दा नेपालका सचिव डा. ऋषिकेश नारायण श्रेष्ठको अध्यक्षतामा प्रवन्ध समिति बैठक सम्पन्न भएको छ । समितिको बैठकमा आम्दा अस्पताल दमकका मेडिकल सुपरिन्टेन्डेन्ट डा. नविन ढकालले अस्पतालको समसामयिक घटनाक्रमका बारेमा विस्तृत जानकारी गराउनुभएको छ । प्रवन्ध समिति बैठकले निम्न प्रस्तावहरूमा छलफल गरी आवश्यक निर्णय गरेको छ ।
क. विनियोजित बजेट मुताविक संवन्धित कार्यालयले गर्ने खरिदको स्विकृति,
ख. मानवीय सहायता कार्यक्रमको लागी बैक खाता खोल्ने र सञ्चालन स्विकृति,
ग. श्रम अदालतमा विचाराधिन मुद्दाहरू
घ. के.का. लेखा सहायक कर्मचारी नियुक्ति
ङ. स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीहरूको तहवृद्दी
च. अस्पतालहरूको सेवा शुल्क पुनरावलोकन
छ. सि.बा.म. अस्पतालमा ट्रस निर्माणका लागी आंशिक खर्च व्यहोर्ने
ज. शिमाजु डेन्टल क्लिनिकको सेवाशुल्क
झ. आम्दा अस्पताल परिसरमा एटिएम मशिन सञ्चालन
ञ. खानेपानी ट्याङ्की खरिद
ट. विशेष सेवा करार अन्तरगत के.का. कार्यरत कर्मचारीहरूको सेवा सुविधा
३.दमक नगरपालिका उपप्रमुखसँग बैठक
दमक नगरपालिकाका उपप्रमुख श्री गीता अधिकारीले आम्दा नेपालको केन्द्रीय कार्यालयमा मिति २०७६।०३।०१ गते सम्पन्न एक परिचयात्मक बैठकमा सहभागी भइ आम्दा नेपालका गतिविधिहरूका बारेमा जानकारी लिनु भएको छ । उपप्रमुखले आम्दा नेपालले दमक क्षेत्रमा सञ्चालन गरेको अस्पताल लगायतका कार्यक्रमबाट स्थानियले स्तरिय स्वास्थ्य सेवा पाउदै आएकोमा धन्यवाद प्रकट गर्नुका साथै आम्दा अस्पताल दमकमा नवजात शिशु सघन उपचार कक्ष, डायलायसिस सेवा र सिटीस्क्यान सेवा सञ्चालनको व्यवस्था गर्न सुझाव दिनुभएको छ । नेपाल सरकारको स्वास्थ्य विमा कार्यक्रमको प्रथम विन्दु रहेको दमक अस्पतालको स्तरोन्नतिका लागी भुटानी शरणार्थी परियोजना मार्फत आम्दा नेपालले उपकरण लगायतका सरसामान र जनशक्ति उपलब्ध गराउदै आएकोमा समेत धन्यवाद प्रकट गर्नु भएको छ । बैठकमा आम्दा नेपालका अध्यक्ष डा. योगेन्द्र प्रसाद सिंह, सचिव डा. ऋषिकेश नारायण श्रेष्ठ, संस्थापक अध्यक्ष डा. रामेश्वर प्रसाद पोखरेल, मुख्य प्रशासक सुदेश रेग्मी, परियोजना प्रवन्धक सुमन नेपाल, प्रशासक उमेश प्रसाद आचार्य लगायत अन्य केही कर्मचारीहरू उपस्थित हुनुहुन्थ्यो ।
 




 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.