Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2025-06-02
Expiry Date: 2025-06-07

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाडौं 
साप्ताहिक गतिविधि
 

प्रकाशन मितिः २०८२।०१।१५ गते, सोमवार
अवधिः वि.सं २०८२।०१।०७ देखि वि.सं.२०८२।०१।१३ गते सम्म (ई.सं २०२५ १७ औं हप्ता)
साप्ताहिक अंक: १७।२०२५

१. वार्षिक नीति, योजना, कार्यक्रम र वजेट ।
आ.व. २०८२/०८३ का लागी आम्दा नेपालको वार्षिक नीति, योजना, कार्यक्रम र वजेट निर्माणका लागी मातहतका कार्यालयहरूबाट प्रस्ताव प्राप्त भएको छ । एकिकृत वजेट निर्माणका लागी जेठ महिनाको पहिलो साता एक कार्यशाला आयोजना गरिनेछ ।

२. अन्तरकृया कार्यक्रम सम्पन्न ।
आम्दा नेपालले गठन गरेको कार्यक्रम सञ्चालन तथा व्यवस्थापन पूनर्संरचना कार्यदलका संयोजकसँग केन्द्रिय कार्यालयमा कार्यरत कर्मचारीहरूको अन्तरकृया वि.सं. २०८२।०१।०९ गते सम्पन्न भएको छ ।

३. समाज कल्याण परिषद्को अनुगमन मूल्याङ्कन ।
आम्दा नेपालले सञ्चालन गर्दै आएको भुटानी शरणार्थी सहायता परियोजनाको अनुगमन मूल्याङ्रकन लागी खटिइ आएको टोली सदस्यहरूसँग वि.सं. २०८२।०१।१० गते अन्तरकृया बैठक सम्पन्न भएको छ ।

४. कर परिक्षण पूर्वतयारी बैठक ।
आन्तरिक राजश्व कार्यालय, जोरपाटि गर्ने आ.व. २०७७/७८ को कर परिक्षणका लागी मातहत कार्यालयका सम्पूर्ण लेखा कर्मचारीहरूलाइ पूर्वतयारीका लागी वि.सं. २०८२।०१।०९ गते अभिमुखीकरण गराइएको छ ।

५. विज्ञापन प्रकाशन ।
सि.बा.म. अस्पतालमा रिक्त बालरोग विशेषज्ञ चिकित्सक पदमा पदपूर्तिका लागी वि.सं. २०८२।०१।१२ गते विज्ञापन (१०९२९) प्रकाशन गरिएको छ ।

६. प्रगति प्रतिवेदन पेश ।
आम्दा नेपालले सञ्चालन गरेको यूएसएआइडि दिगो एचआइभी महामारी नियन्त्रण परियोजनाको आठौं चरणको स्विकृत प्रतिवेदन अनुरूप वि.सं. २०८२।०१।१२ गते भुक्तानीको लागी पेश गरिएको छ ।

७. निशूल्क स्वास्थ्य शिविर तथा विपद् पूर्वतयारी सचेतना कार्यक्रम । 
प्राकृतिक विपत्ति प्रभावितहरू लक्षित आम्दा नेपालले सञ्चालन गर्ने मानवीय सहायता कार्यक्रम अन्तरगत काभ्रे जिल्लाको वेथानचोक क्षेत्रमा वि.सं. २०८२।०१।१२ गते स्थानिय संस्था लोटश नेपाल र बेथानचोक गाउँपालिकासँगको सहकार्यमा एक दिने निशुल्क स्वास्थ्य शिविर तथा विपद् पूर्व सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

८. नियमित साप्ताहिक बैठक ।
वि.सं. २०८२।०१।१५ गते सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।

९. बार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामको जानकारी तथा निर्णयको सारांश ।
क्र. सं. कामको विवरण तथा निर्णयको सारांश

आय संकलन तथा बैंकिङ्ग कारोवार आम्दा नेपाल मातहतका कार्यालयहरूबाट गरिने आय संकलनलाइ अधिकतम सरलीकृत गर्नका लागी डिजिटल बैंकिङ् सेवा सुचारू गर्न आवश्यक प्रवन्ध गर्ने

योजना तथा कार्यक्रम आगामी आर्थिक वर्षका लागी नीति, योजना, कार्यक्रम र वजेट तयारीका लागी कार्यशाला आयोजना गर्ने ।
प्रस्तावना तयारी सि.बा.म. अस्पतालमा आगामी शैक्षिक सत्रका लागी आवश्यक कक्षाकोठा निर्माणका लागी संक्षिप्त प्रस्तावना तयार गर्ने ।
 
 
कार्यक्रमका तस्बिरः
एक दिने निशुल्क स्वास्थ्य शिविर_बेथानचोक गाउँपालिका _२०८२०११२


धन्यवाद ।
 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.