Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2024-07-29
Expiry Date: 2024-08-05

आम्दा नेपाल
आम्दा अस्पताल
खरखरे, दमक-२, झापा
साप्ताहिक गतिविधि

प्रकाशन मितिः २०८१।०४।१४ गते
(अवधि वि.सं. २०८१।०४।०७ देखि २०८१।०४।१३ सम्म ई.सं. २०२४, ३० औं हप्ता)

१. आम्दा अस्पताल, दमकमा नेपाल सरकार बाट बिमा कार्यक्रमको अनुगमन सम्पन्न l
यस आम्दा अस्पताल, खरखरे दमक -२ मा मिति २०८१ श्रावण ७ गतेको दिन श्री अर्जुन पण्डितले यस आम्दा अस्पताल दमकको अनुगमन तथा निरिक्षण गर्नुभएको छ । आम्दा अस्पतालको स्वास्थ्य बिमा कार्यक्रमको Renew को को लागी उक्त भ्रमण गर्नुभयो l उक्त अनुगमनका क्रममा वहाँले दर्ता कक्ष, फार्मेसी साखा, प्रशासन साखा, दाबी साखा, प्रसुति बिभाग, सहित अन्य बिभागको अनुगमन गर्नुभयो ।

२. आम्दा अस्पताल, दमकमा नेपाल सरकार, श्रम कार्यालय, भद्रपुर झापा बाट अस्पतालको अनुगमन सम्पन्न l
यस आम्दा अस्पताल, खरखरे दमक -२ मा मिति २०८१ श्रावण १० गते  श्रम कार्यालय, भद्रपुर झापा बाट श्रम कार्यालय, भद्रपुरले यस आम्दा अस्पताल दमकको अनुगमन तथा निरिक्षण गर्नुभएको छ । आम्दा अस्पतालको श्रम तथा रोजगार मापदण्ड बारेमा जानकारी लिनुभयो l उक्त अनुगमनका क्रममा वहाँले बिबिध बिसयहरुबारे सोधपुछ तथा अनुगमन गर्नुभयो ।

३. आम्दा अस्पतालमा स्वास्थ्य बिमाको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ l
श्री आम्दा अस्पताल, दमक २, झापामा मितिः २०८१।०४।१२ गते, कोशी अंचल अस्पतालको स्वास्थ्य बिमा फोकल पर्सन श्री भोलानाथ ढुंगेल तथा अस्पताल प्रशासन बाट सन्तोष तिम्सिना बाट स्वास्थ्य बिमाको claim सम्बन्धि विविध बिषयहरुमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो l अस्पतालको प्रशासन साखामा गरिएको कार्यक्रममा विभिन्न  वार्ड इन्चार्ज तथा दर्ता तथा billing साखा, pharmacy साखा, claim साखा, IT साखा, प्रशासन साखाका कर्मचारीहरुले उक्त अभिमुखीकरण कार्यक्रममा सहभागीता जनाउनु भयो l अस्पतालमा लागु भएका स्वास्थ्य बिमा कार्यक्रमको अस्पताल लाई Hospital Documentation मा आइपर्ने समस्याहरु, Claim मा हुने समस्याहरु, कस्तो कस्तो बिषयहरुमा claim गर्न मिल्ने नमिल्ने बिषयहरुमा छलफल सम्पन्न भयो l कार्यक्रम बारे छलफल गर्दै अस्पताल मेसु. डा. प्रकाश शर्माले कार्यक्रम बारे विस्तृत रुपमा जानकारी गराउनुभयो साथै आगामी दिनमा चाडै अस्पतालमा देखापरेका समस्याहरु चाडै समाधान हुने बिषयहरुमा बिस्वाश दिलाउनु भयो l उक्त कार्यक्रम बारेमा IT साखा बाट श्री उत्सव गुरागाईंले जानकारी दिनुभयो l

धन्यवाद,

 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.