Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2021-09-20
Expiry Date: 2021-09-27

AMDA Nepal
Maternal and Child Health Project
Dang
Weekly News
परिवार नियोजनको अस्थाई साधन इम्पलान्ट  शिबिर  सम्पन्न  
AMDA MINDS जापानको आर्थिक सहयोगमा संचालित यस आम्दा नेपाल MCH Project दाङ द्वारा एक दिने इम्पलान्ट  शिबिर  सम्पन्न गरिएको  छ । आठौ रास्ट्रीय परिवार योजना दिवस २०७८ को अवसरमा आम्दा नेपाल, गढवा गाउँपालिका स्वास्थ्य शाखा र परिवार नियोजन संघ घोराहीको संयुक्त समन्वय तथा सहकार्यमा उक्त कार्यक्रम संचालन भएको हो । गढवा गाउँ पालिकाको वडा न. १ को कालाकटे सामुदायिक स्वास्थ्य इकाई र गोबरडिहा स्वास्थ्य चौकीमा शिबिर संचालन गरिएको थियो जसमा जम्मा ४७ जना महिला हरुलाइ इम्पलान्ट लगाइयो । कोभिड १९ को महामारी; परिवार योजना सेवामा सबैको पहुँच बराबरी भन्ने मूल नाराका साथ् संचालन गरिएको शिबिर मा स्वास्थ्य कार्यालय दाङ का प्रमुख, वडा कार्यालय प्रमुख तथा स्वास्थ साखा प्रमुख द्वारा अनुगमन गरिएको थियो ।

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.