Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2022-11-07
Expiry Date: 2022-11-14

आम्दा नेपाल
केन्द्रिय कार्यालय, काठमाडौं
साप्ताहिक समाचार
हप्ताः ४४, वर्षः २०२२
 
प्रकाशन मितिः २०७९ कार्तिक २१ गते

१. साधारण सभा सम्पन्न ।
आम्दा नेपालको ६१ औं साधारण सभा वि.सं. २०७९।०७।१९ गते शनिवार, आम्दा नेपालका जम्मा १८ सदस्यहरूको उपस्थितिमा सम्पन्न भएको छ । यस साधारण सभाले मूख्यतया आर्थिक वर्ष २०७८/०७९ को अन्तिम लेखा परिक्षण प्रतिवेदन एवं प्रगति विवरण अनुमोदन गर्ने निर्णय गरेको छ । आम्दा नेपालको ६१ औ साधारण सभाको तयारी देखि समापन सम्म आ-आफ्नो जिम्मेवारी पुरा गर्ने आम्दा नेपालका सदस्य लगायत सम्पूर्ण कर्मचारीलार्इ धन्यवाद ज्ञापन गरिएको छ ।

२. सि.बा.म अस्पतालको २४ औं वार्षिकोत्सव
वि.सं. २०७९।०७।१६ गते सम्पन्न सिद्धार्थ बाल तथा महिला अस्पतालको २४ औं वार्षिकोत्सवमा आम्दा नेपालका अध्यक्ष डा. अनिल कुमार दास समेत सहभागी हुनु भएको छ । वार्षिकोत्सव सफल रूपमा सम्पन्न गर्न योगदान गर्ने संवन्ध्त सबैलार्इ आम्दा नेपालको तर्फबाट धन्यवाद ज्ञापन गरिएको छ ।

३. समन्वय बैठक (२०० शैया क्षमताको अस्पताल निर्माण सम्वन्धि)
सि.बा.म. अस्पताललार्इ ३०० शैयामा स्तरोन्नति गर्ने र सोका कामका लागी २०० शैया क्षमताको अस्पताल भवनको डिजाइन तयार गर्ने पूर्व तयारीका लागी आम्दा इन्टरनेशनलका कार्यक्रम संयोजक श्री अर्चना श्रेष्ठ जोशीसँग आम्दा नेपाल केन्द्रिय कार्यालयमा वि.सं. २०७९।०७।१७ गते समन्वय बैठक सम्पन्न भएको छ । अस्पताल भवन निर्माणका लागी संभावित स्थानको छनौट गर्न सि.बा.म. अस्पतालबाट प्रस्ताव भइ आएको साइटम्याप श्री अर्चना जोशीलार्इ उपलब्ध गरार्इएको छ ।

४. कार्यकारिणी समिति बैठक
आम्दा नेपाल कार्यकारिणी समितिको १३ औं बैठक डा. अनिल कुमार दासको अध्यक्षतामा वि.सं. २०७९।०७।१८ गते सम्पन्न भएको छ । उक्त बैठकमा मूख्यतया साधारण सभामा प्रस्तुत गर्न प्रगति विवरणका बारेमा छलफल र निर्णयहरू भएको छ ।

५. नियमित साप्ताहिक बैठक
वि.सं. २०७९।०७।२१ गते सम्पन्न नियमित साप्ताहिक बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।

क. धन्यवाद ज्ञापन
आम्दा नेपालको ६१ औं साधारण सभा सफलता पूर्वक सम्पन्न गर्न तोकिएको जिम्मेवारी पुरा गर्ने सम्पूर्ण साथीहरूलार्इ धन्यवाद ज्ञापन गर्ने ।

ख. साप्ताहिक समाचार प्रकाशन व्यवस्था
आम्दा नेपाल अन्तर्गत सञ्चालित अस्पताल/परियोजना लगायत सम्पुर्ण कार्यालयहरुको साप्ताहिक समाचार विगतमा झै नियमित रुपमा आम्दा नेपालको वेव साईटमा प्रकाशित गर्न कामको जिम्मेवारी बाँडफाड गरिएको छ।
ग. सामाजिक सुरक्षा कोषबाट कर्मचारीहरुले पाउने कर्मचारीहरुको दावी भुक्तानी
सामाजिक सुरक्षा कोषबाट कर्मचारीहरुले पाउने औषधी उपचार खर्चको दावि भुक्तानी कर्मचारीहरुले प्राप्त गर्न बाँकि रहेकोमा नियमानुसार कर्मचारीलाई भुक्तानी उपलब्ध गराउन आवश्यक व्यवस्था गर्ने ।
घ. पदपुर्तिको विज्ञापन गर्ने
कार्यकारिणी समितिको वि.सं. २०७९।०७।११ गते सम्पन्न बैठकको निर्णायनुसार सिद्दार्थ बाल तथा महिला अस्पताल, बुटवलको लागि प्रशासक (तह ८) मा पदपूर्तिका लागी विज्ञापन प्रकृया अघि बढाउने । 
ङ त्रैमासिक समिक्षा बैठक
आम्दा नेपालले सञ्चालन गर्दै आएको गोकर्णेश्वर नगरपालिका भित्र रहेका ३० देखि ६० वर्ष उमेर समुहका महिलाहरुको स्तन तथा पाठेघर मुखको क्यान्सर परिक्षण शिविर परियोजनाको त्रैमासिक समिक्षा बैठक वि.सं. २०७९ कार्तिक २३ गते बुधवार तय भएकोमा सवन्धित सबैलार्इ उपस्थितिका लागी अनुरोध गर्ने ।
 
६. संग्रहनिय तस्विरहरू
क. स्तन तथा पाठेघर मुखको क्यान्सार परिक्षण परियोजना 
                   स्वास्थ्य शिक्षा कार्यकृम, नायापाटी पिपलबोट_18072079_20221104
ख. केन्द्रिय कार्यालय, काठमाडौं
 
६१ औं साधारण सभा_20790719
 
 
 
 
 
 
 
 
 
 
 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.