- आम्दा व्यवस्थापन कार्यशाला गोष्ठिआम्दा नेपालको आयोजना मिति २०७५ माघ २२ र २३ गते आम्दा नेपाल मातहत संचालित अस्पताल/परियोजना समेतको सहभागिता दुइ दिने कार्यशाला गोष्ठि सम्पन्न भएको छ । उक्त गोष्ठिमा आम्दा नेपालका पदाधिकारी लगायत विभिन्न मातहत कार्यालयबाट कार्यालय प्रमुखहरू सहितका अन्य प्रशासनिक अधिकारीहरूको समेत सहभागिता रहेको थियो ।
- प्रबन्ध समितिको बैठक सम्पन्नमिति २०७५।११।०१ गते आम्दा नेपाल प्रबन्ध समितिको बैठक सम्पन्न भयो । प्रबन्ध समितिको बैठकमा देहाय बमोजिम निर्णयहरू गरियो ।
- मिति २०७५ माघ २२ र २३ गते सम्पन्न कार्यशाला गोष्ठिको प्रतिवेदन माथि छलफल गरियो ।
- आम्दा माइण्डस्को आर्थिक सहयोगमा आम्दा नेपालले क्षेत्र नं. ५ अन्तर्गत दाङ जिल्लाको गढवा गाउँपालिका क्षेत्रमा सञ्चालन गर्ने प्रस्तावित मातृशिशु स्वास्थ्य परियोजनाको आम्दा माइण्डस् र जापान दुताबासबीच मिति २०७५।११।०३ मा हुने हस्ताक्षर समारोहमा सहभागिताको जानकारी गरियो ।
- जापान दुताबास र आम्दा माइण्डसबीच सम्झौता सम्पन्नदाङ जिल्लाको गढवा गाउँपालिका क्षेत्रमा आम्दा नेपाल मार्फत संचालन हुने मातृशिशु स्वास्थ्य परियोजनाको लागि नेपालका लागि जापान दुताबास र आम्दा माइण्डसबीच मिति २०७५।११।०३ मा सम्पन्न हस्ताक्षर कार्यक्रममा आम्दा नेपालबाट अध्यक्ष डा. योगेन्द्र प्रसाद सिंह, सचिव डा. ऋषिकेश नारायण श्रेष्ठ लगायत प्रशासनिक कर्मचारीहरू सुदेश रेग्मी, उमेश प्रसाद आचार्य, अच्युत सापकोटा, पूण्यलाल महतो को उपस्थिति रहेको थियो । उक्त कार्यक्रम जापानिज दुताबास, पानीपोखरीमा भएको थियो ।
- समिति गठन सम्बन्धमाआम्दा नेपाल मातहत सञ्चालित सिद्दार्थ बाल तथा महिला अस्पताल, बुटवलको स्थानिय व्यवस्थापनलार्इ थप मजबुद र शसक्त बनार्इ अस्पतालको सेवालार्इ थप जनसमुदायको पहुँच विस्तार गर्नका लागी एक सि.बा.म. अस्पताल सञ्चालन सुधार अध्ययन समिति गठन गरिएको छ ।