साप्ताहिक बैठक
मितिः २०७६।०१।३०
१. प्रबन्ध समितको बैठक
मिति २०७६।०१।२५ मा आम्दा नेपालका सचिव डा. ऋषिकेश नारायण श्रेष्ठज्यूको अध्यक्षतामा प्रबन्ध समितको बैठक सम्पन्न भयो । बैठक निम्न विषयहरूमा छलफल भयो ।
ख. आम्दा अस्पतालमा कर्मचारी दरवन्दी र थप नियुक्ति ।
ग. कर्मचारी पदपूर्तिको जानकारी ।
घ. बजेट परिमार्जन/संशोधन ।
२. कार्यकारिणी समितको बैठक
मिति २०७६।०१।२५ गते आम्दा नेपालका अध्यक्ष डा. योगेन्द्र प्रसाद सिंहज्यूको अध्यक्षतामा कार्यकारिणी समितिको बैठक सम्पन्न भएको छ । कार्यकारिणी समितिको उक्त बैठकले साधारण सभाको कार्यक्रम निर्धारण र साधारण सभामा निर्णयार्थ प्रस्तुत गर्ने प्रस्तावहरू तयार गरेको थियो ।
३. आम्दा नेपालको ५५ अौ साधारण सभा
आम्दा नेपालको ५५ अौ साधारण सभा मिति २०७६।०१।२८ गते आम्दा नेपालका अध्यक्ष डा. योगेन्द्र प्रसाद सिंहज्यूको अध्यक्षतामा सम्पन्न भएको छ । यस साधारण सभाले आ.व. २०७५/०७६ को आयव्यय संशोधन पारित गर्नुको साथै आ.व. २०७६/०७७ का लागी आम्दा नेपालको नीति, योजना, कार्यक्रम र बजेट पारित गरेको छ । साधारण सभामा आम्दा नेपाल अन्तरगतका अस्पतालहरू अवस्थित नगरका नगर प्रमुखर उद्योग वाणिज्य संघका अध्यक्षहरूलाइ आमन्त्रण गरिएकोमा गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसे, बुटवल उद्योग बाणिज्य संघका प्रतिनिधी अनुप मान सैंजु, मेचीनगर उद्योग बाणिज्य संघका अध्यक्ष श्री ऋषिराज तिम्सिना लगायत आम्दा मैची अस्पतालका प्रमुख श्री पोषण त्रिपाठीको उपस्थिति रहेको थियो । साधारण सभा सफलतापूर्वक सम्पन्न भएकोमा सहयोग गर्ने संवन्धित सबैलाइ धन्यबाद ज्ञापन गर्दै कार्यक्रम सम्पन्न गरियो ।