Published Date: Apr 06, 2020
मिति: २०२०/०४/०६
Expiry Date: Apr 12, 2020
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
मुख्य गतिविधिहरु (१५ हप्ता):
आम्दा अस्पताल आन्तरिक व्यवस्थापन समितिको बैठक १९ चैत्र २०७६ का दिन आम्दा अस्पताल, दमकका मे.सु. तथा आम्दा अस्पताल, आन्तरिक व्यवस्थापन समितिका अध्यक्ष डा. नविन ढकालको अध्यक्षतामा सम्पन्न भएको छ । उक्त बैठकमा विश्वव्यापी रूपमा फैलिएको कोभिड १९ संक्रमणको रोकथाम, नियन्त्रण र न्यूनिकरणका निमित्त सिमित स्रोत र साधनबाट कसरी सुरक्षित रहने र गराउने भन्ने विषयमा व्यापक छलफल भयो ।
बैठकले उपचारको क्रममा अग्रपंङतिमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई व्याक्तिगत सुरक्षात्मक सामाग्रीहरू सम्भव भएसम्म यथासिघ्र खोजी गरि उपलव्ध गराउने । वैकल्पिक रूपमा स्थानिय स्तरमा उपलव्ध भएको सामाग्रीबाट व्यक्तिगत सुरक्षात्मक सामाग्रीहरू तयार गरि यथासिघ्र स्वास्थ्यकर्मीहरूलाई वितरण गर्ने । अस्पतालको आपतकालीन र अत्यावश्यक सेवाहरूलाइ निरन्तरता गर्ने निर्णय समेत गरिएको छ ।
धन्यवाद l