Published Date: Feb 19, 2024
Expiry Date: Feb 26, 2024
आम्दा नेपाल
आम्दा अस्पताल
खरखरे, दमक-२, झापा
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८०।११।०७ गतेआम्दा अस्पताल
खरखरे, दमक-२, झापा
साप्ताहिक गतिविधि
(अवधि वि.सं. २०८०।१०।२९ देखि २०८०।११।०६ सम्म । ई.सं. २०२४, ०७ औं हप्ता)
१. आम्दा अस्पतालमा चुँडिएको खुट्टा जोडिँएको छ l
मिति २०८० पुस ५ गते सडक दुर्घटना मिक्लाजुङ १ सराङडाँडा पाँचथरका २६ वर्षीय शान्तिराम राई खुट्टा काट्नु पर्ने परिस्थितीसम्म पुगेका थिए । दुर्घटनाका कारणले उनको दाहिने खुट्टा नै चुडिएको अवस्थामा अस्पतालमा आइपुग्नुभयो । अस्पताल ल्याएर हेर्दा अस्पतालका विशेषज्ञ डाक्टरहरुले खुट्टा यहिँ जोड्न सकिने डा. डिल्ली रिजाल र डा. अरुणकुमार शाह सहितको टिम तयार भएर लगातारको ६ घण्टाको अप्रेशनपछि खुट्टाको नशा जोडियो । आर्थिक अवस्था कमजोर भएका उनी दमक २ मा बसेर सीटी सफारी चलाउँदै गुजारा गर्दै आएका थिए उपचार पश्चात हाल खुट्टा चलाउन र बिस्तारै हिड्न पनि मिल्ने डाक्टरले बताउनुभयो । यस अस्पतालमा यसअघि पनि डाक्टरको सोही टोलीले छिनेको हात, स्पाइनको पनि सफल उपचार गरेर यसप्रकारको चुनौतीपूर्ण उपचारमा आयाम थपेको थियो ।