Published Date: Feb 14, 2023
Expiry Date: Feb 19, 2023
आम्दा नेपाल
आम्दा अस्पताल
खरखरे, दमक, झापा
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०७९।११।०२ गतेआम्दा अस्पताल
खरखरे, दमक, झापा
साप्ताहिक गतिविधि
(अवधि वि.सं. २०७९।१०।२४ देखि २०७९।११।०२ सम्म । ई.सं. २०२३, ६ औं हप्ता)
१. | तालिममा सहभागी पठाइएको बारे । |
श्री स्वास्थ्य तालिम केन्द्र, प्रदेश १, धनकुटाको आयोजनामा मिति २०७९/१०/२२ देखि २०७९/१०/२७ गते सम्म BPKIHS, धरान मा संचालन भएको "पाठेघरको मुखको क्यान्सर पहिचानका लागी थर्मोकोगुलेसन" तालिममा यस आम्दा अस्पताल, दमकबाट डा. राजु प्रसाद शाह (सि. कन्सल्टेन्ट, गाइने) र टिका सुबेदी (नर्शिंङ आधिकृत) ले तालिममा सहभागिता जनाउनु भयो, उक्त कार्यक्रमले आम्दा अस्पतालमा प्रदान गरिएको तालिम बाट पाठेघरको मुखको क्यान्सर पहिचान गर्ने साथै थर्मोकोगुलेटर मेसिन संचालन गर्न सिक्ने/सिकाउन र मेसिन संचालन गर्न सहयोग पुर्याउने, तालिममा सहभागी टिका सुबेदीले जानकारी दिनुभयो । |