Published Date: Jan 20, 2025
Expiry Date: Jan 26, 2025
आम्दा नेपाल
आम्दा मेची अस्पताल
मेचीनगर १० , धुलावारी झापा
साप्ताहिक गतिविधि
आम्दा मेची अस्पताल
मेचीनगर १० , धुलावारी झापा
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८१/१०/०७ गते, सोमवार
अवधिः वि.सं. २०८१।०९।२९ देखि २०८१।१०।०६ गते सम्म (ई.सं. २०२५, ३औं हप्ता)
साप्ताहिक अंक: ०३ /२०२५
१. खरिद प्रक्रिया सम्बन्धमा
- आम्दा मेची अस्पतालको प्रयोगशाला विभाग स्तरोन्नति गर्न Fully automated Biochemistry Analyzer खरिद गर्न शिलबन्दी बोलपत्र आह्वान गरिएकोमा २०८१/१०/०३ गतेको खरिद समितिको निर्णयानुसार श्री ईन्दु सर्जिकल एण्ड केमिकल सप्लायर्स, दमक छनौट भएको हुदा संझौता गर्नको निमित्त आह्वान गरिएको छ ।
- आम्दा मेची अस्पतालको CSSD विभागको स्तरोन्नति गर्न Fully automated Autoclave खरिद गर्न शिलबन्दी बोलपत्र आह्वान गरिएको छ ।
- आम्दा मेची अस्पतालको नविकरणको प्रयोजनार्थ मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा तोकिएको समितिद्वारा अनुगमन सम्पन्न भएको छ ।
३. अर्ध वार्षिक समिक्षा वैठक सम्बन्धमा
- आम्दा मेची अस्पतालको आ. व. २०८१/०८२ को अर्ध वार्षिक समिक्षा वैठक कार्यक्रम मिति २०८१/१०/०५ गते सम्पन्न भएको छ ।
४. पदपूर्ति सम्बन्धमा
- आम्दा मेची अस्पतालको स्वीकृत दरबन्दी बमोजिम केन्द्रीय कार्यालयले विज्ञापन तथा छोटो सूची प्रकाशन गरे बमोजिम मिति २०८१/१०/०६ गते आईतवार लिखित परिक्षा आम्दा मेची अस्पताल धुलावारी झापामा सम्पन्न भएको छ ।
- प्रदेश स्वास्थ्य मन्त्रालय, कोशी प्रदेशको निर्देशन तथा राष्ट्रिय एम्बुलेन्स निर्देशिकाले निर्दिष्ट गरे बमोजिम आम्दा मेची अस्पतालको स्वामित्वमा रहेको एम्बुलेन्समा GPS जडान गरिएको छ । विरामी वर्गले अब उप्रान्त १०२ मा निशुल्क फोन गरेर उक्त एम्बुलेन्सलाई सम्पर्क गर्न सक्नेछन ।
धन्यवाद !!