Published Date: Jan 08, 2024
Expiry Date: Jan 14, 2024
आम्दा नेपाल
आम्दा अस्पताल
खरखरे, दमक-२, झापा
साप्ताहिक गतिविधि
आम्दा अस्पताल
खरखरे, दमक-२, झापा
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८०।०९।२३ गते
(अवधि वि.सं. २०८०।०९।१६ देखि २०८०।०९।२२ सम्म । ई.सं. २०२४, ०१ औं हप्ता)
१. "ग्रामिण अब्स्टेट्रिक अल्ट्रासाउन्ड" (ROUSG) तालिमको सम्पन्न भएको छ ।
श्री सामाजिक तथा स्वास्थ्य मन्त्रालय, कोशी प्रदेश सरकार, बिराटनगरको आयोजनामा मिति २०८०/०९/०२ देखि २०८०/०९/२२ गते सम्म यस आम्दा अस्पताल दमकमा ७९ औ "ग्रामिण अब्स्टेट्रिक अल्ट्रासाउन्ड" सम्बन्धि तालिमको समापन भएको छ l उक्त तालिमको समापन कार्यक्रममा यस अस्पताल नि. प्रमुख डा. शिखर कट्टेल ले गर्नु भयो, वहाँले उक्त कार्यक्रमको महत्व बारे जानकारी दिनुभयो भयो l कार्यक्रममा कोशी प्रदेश, स्वास्थ्य तामिम केन्द्रका Director श्री रोहित पाण्डेले पनि उक्त तालिम समापन कार्यक्रममा उपस्थिती जनाउनु भयो l ROUSG तालिमको Trainer को रुपमा यस अस्पतालबाट डा. पुरुषोत्तम माझी, डा. शशांक पोख्रेल, डा. दिब्य तुलाचन, टिका सुबेदी र पुनम गौरो रहनुभएको थियो l तालिममा सहभागीहरुको रुपमा स्वास्थ्य कार्यालय, इलाम, पांचथर, ताप्लेजुंग, भोजपुर, उदयपुर, मोरंग बाट एक एक जना गरी जम्मा ६ जनाले ROUSG तालिममा सहभागिता जनाउनु भयो l उक्त तालिमले SBA तालिम प्राप्त नर्शिंग कर्मचारीहरुलाई अल्ट्रासाउन्ड मेशिन संचालन गर्न साथै अल्ट्रासाउन्ड सम्बन्धि बिबिध जानकारी दिएको, तालिमको समापन कार्यक्रमको क्रममा तालिम संयोजक श्री टिका सुबेदीले जानकारी दिनुभयो ।
तालिम/कार्यक्रमका तस्बिरहरु
"ग्रामिण अब्स्टेट्रिक अल्ट्रासाउन्ड" (ROUSG) तालिम_आम्दा अस्पताल_२०८०-०९-२२