Published Date: Jun 27, 2019
Expiry Date: Jul 03, 2019
मिति: २०७६/०३/१२
आम्दा अस्पताल
दमक, झापा
गत हप्ताका गतिविधिहरूः
१. स्वास्थ्य निर्देशनालय, प्रदेश नं. १ र निक साईमन्स इन्टिच्यूटको आयोजनामा संखुवासभा जिल्लामा अवस्थित स्वास्थ्य सस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूलाई ज्ञान तथा सिप अभिवृदि गर्ने उदेश्यले ७ दिने Follow up Enhancement Program सञ्चालन, सोका लागि आम्दा अस्पताल, दककवाट एस.वि.ए. प्रशिक्षकद्वय श्री टिका सुवेदी र पुष्पा नेपाल मनोनयन ।
२. स्वास्थ्य निर्देशनालय, प्रदेश नं. १ धनकुटाको आयोजनामा मिति २०७६।०३।०२ देखि २०७६।०३।०३ गते विराटनगरमा MPDSR कार्यक्रमको वार्षिक योजना र समिक्षा गोष्ठी सञ्चालन, कार्यक्रममा आम्दा अस्पताल, दककवाट वालरोग विषेशज्ञ डा. सत्यनारायण चौधरी, नर्सिड. प्रमुख श्री टिका सुवेदी र मेडिकल रेकर्डर श्री एलिजा कटुवालको सहभागीता ।
३. राष्ट्रिय स्वास्थ्य तालीम केन्द्र, टेकुको आयोजनामा २०७६ आषाढ २ देखि ३ गते सम्म २ दिने एस.वि.ए. कार्यक्रमको वार्षिक समिक्षा गोष्ठी काठमाडौमा सञ्चालन, गोष्ठीमा कार्यक्रम संयोजक श्री पार्वती श्रेष्ठ र प्रशिक्षक श्री सुनिता सिम्खडा सहभागी ।
४. आर्थिक वर्ष २०७६।०७७ का निमित्त सूचिदर्ताका लागि ईच्छुक इजाजत प्राप्त उत्पादक, आपूर्तिकर्ता र सेवा प्रदायकहरूवाट ९८ वटा निवेदनहरू प्राप्त, उक्त निवेदनहरू सूचिदर्ताका लागि आम्दा नेपाल केन्द्रीय कार्यालय सिफारिस ।
५. स्वास्थ्य निर्देशनालय प्रदेश नं.३ को सहकार्यमा मिति २०७६।०३।०५ देखि २१ दिने भिडियो एक्सरे तालीम शूरूवात, तालीममा सिन्धुली, ललीतपुर, नुवाकोट, रसुवा र धादिड.वाट १।१ जना सहभागी ।
६. कमल गाउँपालीकाको आयोजनमा मिति २०७६।०३।०४ गते १ दिने निशुल्क स्वास्थ्य शिविरमा सञ्चालन, शिविरमा आम्दा अस्पतालवाट वरिष्ठ प्रसुतीरोग विषेशज्ञ डा. राजु प्रसाद शाह र अन्य २ जना स्वास्थ्यकर्मीहरू सहभागी l