AMDA Hospital

Published Date: May 29, 2019
Expiry Date: Jun 04, 2019

मितिः २०७६।०२।१५
साप्ताहिक समाचार
 
१. आम्दा अस्पताल स्थानिय व्यवस्थापन समिति वैठक
म्दा अस्पताल स्थानिय व्यवस्थापन समितिको वैठक, समितिका अध्यक्ष तथा नगरप्रमुख श्री रोमनाथ ऒलीज्यूको अध्यक्षतामा मिति २०७६।०२।१३ गते (तद्नुसार २७ मे २०१९) का दिन सम्पन्न भएको छ । उक्त वैठकमा अस्पतालको हाल सम्मको प्रगति विवरण, वर्तमान चुनौती र आगामी योजनाहरूका वारेमा छलफल गरियो । साथै नवजात शिषु उपचार केन्द्र Neonatal Intensive Care Unit (NICU) स्थापनाका लागि प्रादेशिक सामाजिक विकास मन्त्रालय र र्थिक मामिला तथा योजना मन्त्रालयमा प्रस्तावना पेश गर्ने निर्णय भएकाे छ ।

२. सुरक्षित गर्भपतन सेवा तालीम
स्वास्थ्य सेवा विभाग, राष्ट्रिय स्वास्थ्य तालीम केन्द्र, काठमाडौको आयोजनामा मिति २०७६।०२।२० देखि १० दिन सम्म परोपकार प्रसुती तथा स्त्रिरोग अस्पताल, थापाथलीमा सञ्चालन हुने सुरक्षित गर्भपतन तालीममा आम्दा अस्पताल दमकवाट डा. पविना कार्की (रजिष्ट्रार, गाईनेकोलोजिष्ट)लाई सहभागीताको लागि मनोनयन गरिएको छ ।

३. अस्पताल नेतृत्व र व्यवस्थापन
म्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तेस्रो वर्षमा अध्ययनरत विद्दार्थीहरूद्दारा आयोजना गरिएको अस्पतालको नेतृत्व र व्यवस्थापन सम्वन्धि १ दिने अन्तरकृया कार्यक्रम मिति २०७६।०२।१३ गते सम्पन्न भएको छ । उक्त कार्यक्रममा अस्पतालवाट प्रवाह हुने सेवाहरूलाई कसरी प्रभावकारी बनाउने र सेवाग्राहीहरूवाट प्राप्त सुझाव र सल्लाहलाई अस्पतालको स्रोत र साधनले सम्भव भएसम्म सम्वोधन गर्ने विषयमा छलफल भयो ।

४. ग्रामिण भिडियो एक्सरे तालीम
राष्ट्रिय स्वास्थ्य तालीम केन्द्र, टेकु र म्दा अस्पताल, दमकको सहकार्यमा २१ दिने  ग्रामिण भिडियो एक्सरे तालीम मिति २०७६।०२।१२ गतेवाट आम्दा अस्पताल, दमकमा सञ्चालन भएको छ । उक्त तालीममा बाजुरा, सखुवासभा, सिन्धुपाल्चोक र दार्चुलावाट जम्मा ५ जना सहभागीहरू उपस्थित भएका छन् ।

= लैगिक हिंसा सम्वन्धि एकद्वार संकट व्यवस्थापन केन्द्र स्थापना तथा सञ्चालन
लैगिक हिंसा सम्वन्धि एकद्वार संकट व्यवस्थापन केन्द्र स्थापना तथा सञ्चालनका लागि सामाजिक विकास मन्त्रालय, जिल्ला स्वास्थ्य कार्यालय, भद्रपुरमा प्रस्तावना पेश गरिएको छ ।

६. औलोरोग निवारण सम्वन्धि वहुसस्थागत वैठक
प्रादेशिक स्वास्थ्य निर्देशनालयको आयोजनामा मिति २०७६।०२।०५ गते जिल्ला स्वास्थ्य कार्यालय, भद्रपुरमा आयोजना गरिएको १ दिने औलो रोग निवारण सम्वन्धि वहुसस्थागत वैठकमा आम्दा अस्पताल, दमकवाट डा. नविन ढकाल र भीम धमला सहभागीता रहेको थियो ।
 
AMDA Nepal

Contact Details

AMDA Nepal
Gokarneshwar Municipality - 6, Jorpati
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140
E-mail: info@amda.org.np
Office Code: 101

AMDA Hospital
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 580186, 581266
E-mail: ah.damak@amda.org.np
Office Code: 102

Siddharth Children & Women Hospital
Butwal Sub-Metrpolitan -7, Rupendehi
Phone: +977 (71) 502101, 502097
E-mail: scwh.butwal@amda.org.np
Office Code: 103

AMDA Institute of Health Science, Damak
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 582186, 580355
E-mail: aihs.damak@amda.org.np
Office Code: 104

AMDA Mechi Hospital
Mechinagar Municipality-10, Dhulabari, Jhapa
Phone:+977 (23) 564550

E-mail: amh.dhulabari@amda.org.np
Office Code: 105

Gokarneshwar Municipality - 6, Jorpati, Kathmandu
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140

E-mail: 
amda@amda.org.np
Office Code: 106
AMDA Institute of Health Science, Butwal
Butwal Sub-metropolitan city 7, Deepnagar, Butwal
Phone: +977 (71) 502101, 502097
E-mail: aihs.butwal@amda.org.np
Office Code: 107

google map
Scan Google map