Published Date: Mar 10, 2025
Expiry Date: Mar 17, 2025
आम्दा नेपाल
आम्दा अस्पताल
खरखरे, दमक-२, झापा
साप्ताहिक गतिविधि
आम्दा अस्पताल
खरखरे, दमक-२, झापा
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८१।११।२६ गते l
(अवधि वि.सं. २०८१।११।१९ देखि २०८१।११।२५ सम्म ई.सं. २०२५, १० औं हप्ता)
१. आम्दा अस्पताल दमकमा AMDA DAY मनाइएको छ ।
श्री आम्दा अस्पताल, खरखरे दमक २, झापामा आम्दा नेपालको स्थापना दिवशको अवसरमा AMDA DAY कार्यक्रम मितिः २०८१।११।२० गते ३४ औँ "AMDA DAY" कार्यक्रम यस आम्दा अस्पतालमा भर्ना भएका बिरामीहरुलाई फलफूल तथा जुश वितरण गरि मनाइयो l उक्त कार्यक्रमको उद्घाटन डा. प्रकाश शर्माले गर्नु भएको थियो, साथै उक्त कार्यक्रममा आम्दा अस्पतालबाट भिम धमला, टिका सुबेदी र पुनम गौरो लगायत अन्य अस्पतालका कर्मचारीहरुले कार्यक्रममा सहभागी भएर फलफूल वितरण गर्नुभयो l उक्त कार्यक्रमले अस्पताल र बिरामी पक्ष बीच सौहार्दपूर्ण बातावरण तयार गर्ने र अस्पतालको दिगो बिकाशमा टेवा पुरयाउने बिषयमा अस्पतालका मेडिकल सुपरिन्टेण्डेट डा. प्रकाश शर्माले जानकारी दिनुभयो ।
२. आम्दा अस्पतालमा 10th Batch, ४२ दिने OTTM तालिम सन्चालन सुरु भएको छ ।
श्री आम्दा अस्पताल, दमक २, झापामा मितिः २०८१।११।१९ गते देखी स्वास्थ्य तालिम केन्द्र, लुम्बिनी प्रदेश को support मा "OTTM-Operation theatre technique and Management" को 10th Batch तालिम/कार्यक्रम यस आम्दा अस्पतालको तालिम हल, दमकमा सुरु भएको छ l उक्त तालिमको उद्घाटनमा डा. प्रकाश शर्मा ले गर्नु भयको थियो उक्त कार्यक्रममा डा. नबिन ढकाल, डा. शिखर कट्टेल, पुनम गौरो(मेट्रोन) र टिका सुबेदी(तालिम संयोजक) ले उक्त तालिम उद्घाटन कार्यक्रममा उपस्थिती जनाउनु भयो l उक्त कार्यक्रमको बिशेस अथितिको रुपमा डा. कुसुम थापा र तुलसा अधिकारी रहनुभएको थियो l उक्त तालिम मा विभिन्न अस्पताल बाट र आम्दा अस्पताल बाट एक एक जना गरी जम्मा ७ जनाले तालिममा सहभागीता जनाउनु भएको छ l ४२ दिनसम्म संचालन हुने उक्त तालिमले Operation Theatre सम्बन्धि जानकारी प्रदान गर्ने OTTM तालिम संयोजक कमला घिमिरेले जानकारी दिनुभयो ।
३. आम्दा अस्पताल दमकमा १ दिने "निशुल्क VIA Screening" कार्यक्रम सम्पन्न भएको छ ।
मिति २०८१ फाल्गुन २० गते मंगलबार आम्दा अस्पतालमा "निशुल्क महिला स्वास्थ्य शिविर" संचालन भयो l उक्त कार्यक्रम डा. प्रकाश शर्मा ज्यु को अध्यक्षता कार्यक्रम सुरु भएको थियो । आम्दा अस्पतालको विशेषज्ञ सहितको स्वास्थ्यकर्मीको टोली बाट सेवा दिइएको थियो l पाठेघरको मुखको क्यान्सर जांचको लागि VIA परिक्षण का बिरामीहरुले सेवा लिनु भएको थियो । साथै शिविरमा अस्पतालका कर्मचारीहरू र सम्वन्धित बडाको कर्मचारी ,जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयम् सेविकाहरुको महत्वपूर्ण भूमिका रहेको थियो । रोग लागिसकेर भन्दा पनि रोग लाग्न नदिनको निम्ति यो शिविर आयोजना गरिएको थियो। शिबिर मिति २०८१ फाल्गुन २० गते आम्दा अस्पताल स्थित कोठा नम्बर ५ मा बिहान १० बजे देखि ३ बजे सम्म कार्यक्रम संचालन भएको थियो ।
४. आम्दा अस्पताल दमकमा "स्तनपान कक्ष" को उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।
मिति २०८१ फाल्गुन २० गते मंगलबार आम्दा अस्पतालमा आम्दा day को अवसर पारेर उक्त "स्तनपान कक्ष" को उद्घाटन भयो l उक्त कक्षको उद्घाटन डा. प्रकाश शर्मा ज्यु ले गर्नु भएको थियो । आम्दा अस्पतालका कर्मचारीहरु सहितको स्वास्थ्यकर्मीको टोली बाट सेवा उद्घाटन भएको थियो l उक्त कक्ष आम्दा अस्पताल को OPD बिभाग अन्त्तर्गत पर्दछ l उक्त सेवाले अस्पतालमा आउने सुत्केरी महिला, आमा को दुध खाने बालबालिका को लागि सहजता पुर्याउने बिषयमा अस्पतालका नि. मेडिकल सुपरिन्टेण्डेट डा. प्रकाश शर्माले जानकारी दिनुभयो ।