Published Date: Apr 08, 2024
Expiry Date: Apr 15, 2024
आम्दा नेपाल
आम्दा अस्पताल
खरखरे, दमक-२, झापा
साप्ताहिक गतिविधि
आम्दा अस्पताल
खरखरे, दमक-२, झापा
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८०।१२।२६गते
(अवधि वि.सं. २०८०।१२।१९ देखि २०८०।१२।२५ सम्म ई.सं. २०२४, १४ औं हप्ता)
१. "Meternal and perinatal death survelliance and response (MPDSR)/ Orientation of web database of RMNCAH service providers and sites" तालिममा सहभागी सम्बन्धमा ।
श्री स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय कोशी प्रदेश, धनकुटाको आयोजनामा मिति २०८०/१२/१९ गते देखी २०८०/१२/२० गते सम्म बिराटनगरमा "Meternal and perinatal death survelliance and response(MPDSR)/ Orientation of web database of RMNCAH service providers and sites" तालिम सम्पन्न भयको छ l उक्त कार्यक्रमको उत्घाटन स्वास्थ्य निर्देशनालय प्रमुख ज्ञान बहादुर बस्नेतले गर्नुभयो साथै उक्त कार्यक्रमलाई स्वास्थ्य निर्देशनालको Focal Person श्री तुलसा अधिकारीले तालिमका बिबिध बिसयहरुमा प्रकाश पार्नुभयो । उक्त कार्यक्रममा यस आम्दा अस्पताल, दमकबाट डा. सोनु भारती, टिका देवी सुबेदी (Trainer Coordinator) र सुनिता सिम्खडा (नर्सिंग अधिकृत) तालिममा सहभागीता जनाउनु भयो l उक्त कार्यक्रमले Meternal and perinatal death survelliance and response(MPDSR)/ Orientation of web database of RMNCAH service providers and sites सम्बन्धि जानकारी प्रदान गरेको तालिम संयोजक श्री टिका सुबेदीले जानकारी दिनुभयो l
२. आम्दा अस्पताल दमकमा समीक्षा बैठक सम्पन्न भएको छ l
श्री आम्दा अस्पताल, दमक २, झापा बाट Basic Critical Care Training and Emergency critical care Training लिएर आउनुभएको प्रशिक्ष्याथी बाट आम्दा अस्पताल, दमकको Meeting Hall मा सम्पूर्ण अस्पतालका वार्ड इन्चार्ज र Staff Nurse हरुसंग Basic Critical Care Training and Emergency critical care Training बारे Orientation सम्पन्न भएको छ l कार्यक्रम बारे बोल्नुहुदै डा. लिवे लिम्बु, पुनम राई र साधना श्रेष्ठले Basic Critical Care Training and Emergency critical care Training बारे जानकारी दिनुभयो l उक्त कार्यक्रमले भबिस्यमा आम्दा अस्पतालको स्तर उन्नति हुने विश्वास कार्यक्रम समापनका क्रममा Training Coordinator श्री टिका सुबेदीले जानकारी दिनुभयो l