Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2019-10-01
Expiry Date: 2019-10-14

मितिः २०७६।०६।१३

साप्ताहिक समाचार
 
१. प्रबन्ध समितिको बैठक सम्पन्न
आम्दा नेपाल प्रबन्ध समितिका संयोजक डा. ऋषिकेश नारायण श्रेष्ठको अध्यक्षतामा मिति २०७६।०६।०८ गते विभिन्न विषयहरूमा छलफल तथा निर्णयहरू गरियो ।
क. मिति २०७६।०५।३१ र ०६।०१ मा आम्दा नेपालले आयोजना गरेको व्यवस्थापन कार्यशालाको प्रतिवेदन सम्बन्धमा जानकारी
ख. कर्मचारीहरूको पदोन्नती सम्बन्धमा
ग. आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माणाधिन शैक्षिक भवन बाँकी बिल भुक्तानी गर्न कार्यक्रम र बजेट स्थानान्तरण
घ. आम्दा नेपाल र UNHCR बीचको PHCP for BR परियोजनाको शंशोधन संझोता अनुमोदन तथा आम्दा नेपाल र FHI360 बीच १ अक्टोबर २०१९ देखि ३० सेप्टेम्बर २०१९ सम्म हुने AMDA Linkages Project को संझोता स्वीकृत गर्न सिफारिस
ङ. आम्दा अस्पताल दमको विषेश सेवा करार अन्तर्गतका कर्मचारीहरूको नविकरणको जानकारी
च. आम्दा नेपालको आ.ब. २०७५/७६ को लेखा परीक्षण प्रारम्भिक प्रतिवेदनको जानकारी
छ. श्रम एनमा भएको व्यवस्था अनुरूप श्रम परीक्षणको अभ्यास गर्ने सम्बन्धमा जानकारी
ज. आम्दा मातृ शिशु परियोजनाको परियोजना अनुगमन समितिको बैठकको निर्णयहरूको जानकारी
झ. आम्दा नेपाल साधारण सभाको बैठको मिति तय गर्ने सम्बन्धमा
 
२. पदपूर्तिको विज्ञापन प्रकाशन
आम्दा नेपाल अन्तर्रगत संचालित अस्पतालहरूमा रिक्त दरबन्दिमा तपशिल बमोजिमका पदहरूमा विज्ञापन प्रकाशन गरियो ।
१. रजिष्ट्रर (एनेश्थेशियोलोजिष्ट)
२. रजिष्ट्रर (जनरल मेडिसिन)
३. रजिष्ट्रर (अर्थोपेडिक्टस)
४. रजिष्ट्रर (रेडियोलोजिष्ट)
५. फार्मेसी अफिसर
 
३. सामाजिक सुरक्षा कोष सम्बन्धमा अभिमुखिकरण/अन्तरक्रिया
आम्दा नेपाल केन्द्रीय कार्यालयका कर्मचारीहरू तथा सामाजिक सुरक्षा कोषका प्रतिनिधि बिच मिति २०७६।०६।०७ मा सामाजिक सुरक्षा कोषका सम्बन्धमा आधा दिनको  अभिमुखिकरण/अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.