Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2019-09-25
Expiry Date: 2019-09-30

मितिः २०७६।०६।०६


साप्ताहिक समाचार

१. व्यवस्थापन कार्यशाला सम्पन्न

आम्दा नेपालको केन्द्रीय कार्यालयको आयोजनामा मिति २०७६।०५।३१ र २०७६।०६।०१ गरि दुइ दिन व्यवस्थापन कार्यशालाको आयोजना गरियो । उक्त कार्यशालामा आम्दा नेपाल केन्द्रीय कार्यालय लगायत आम्दा अन्तर्गत संचालित अस्पताल तथा परियोजनाहरूबाट प्रमुख लगायतका कर्मचारीहरूको सहभागित रह्यो । आम्दा नेपाल अन्तर्गत कार्यान्वयमा रहेका नीति, नियमावली एवं कार्यविधिहरूमाथि थप छलफल भइ आवश्यकता अनुसार परिमार्जन तथा निर्माण गर्न सिफारिस गर्ने निर्णय गरियो । उक्त कार्यशालामा आम्दा नेपालका अध्यक्ष डा. योगेन्द्र प्रसाद सिंह, सचिव डा. ऋषिकेश नारायण श्रेष्ठ तथा आम्दा नेपालका सदस्य तथा परियोजना संयोजक डा. दिनेश बिनोद पोखरेल लगायतका सदस्यहरू सहभागि भइ कार्यशाला गोष्ठीको सफलताको शुभकामना व्यक्त गर्दै समयसामहिक रूपमा नीयमावली तथा कार्यविधिहरू परिस्कृत/अध्यावधिक गर्दै, अक्षरस पालना र कार्यान्वयन गर्नुपर्ने विषयमा जोड दिनुभयो ।

धन्यबाद ।

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.